Trending
Prev Story
Next Story

क्यान र इसेवाले भने- दुई लाख प्रयोगकर्ताबाट एकैपटक टिकट खरिदको प्रयास

Onlinekhabar •
November 20, 2026 • 11:31 AM
2
2 reads 0 reactions 4 comments

काठमाडौं — नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट बिक्री खुला भएको केही मिनेटमै सबै टिकट बिक्री भएको जनाएको छ। क्यानले शुक्रबार जारी गरेको सूचनामा टिकट बिक्री खुला हुँदा करिब …

1 / 2
Swipe Photos

काठमाडौं — नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट बिक्री खुला भएको केही मिनेटमै सबै टिकट बिक्री भएको जनाएको छ।

क्यानले शुक्रबार जारी गरेको सूचनामा टिकट बिक्री खुला हुँदा करिब दुई लाख प्रयोगकर्ताले एकैसाथ टिकट खरिदको प्रयास गरेको उल्लेख गरेको छ। मैदानको क्षमताअनुसार टिकट सीमित रहेकाले बिक्री सुरु भएको केही मिनेटमै सबै टिकट सकिएको क्यानको भनाइ छ।

शुक्रबार दिउँसो १ बजे टिकट बिक्री खुल्ने भनिए पनि त्यसअघि नै टिकटिङ प्लेटफर्ममा ‘सोल्ड आउट’ देखिएको थियो। केही प्रयोगकर्ताले बिक्री खुल्ने समय देखिए पनि प्रयास गर्दा टिकट काट्न नसकेको गुनासो गरेका थिए। सामाजिक सञ्जालमा टिकट बिक्री प्रक्रियालाई लिएर असन्तुष्टि व्यक्त भएको थियो।

यस्तै त्रिवि क्रिकेट मैदानको गेटबाहिर पुगेर टिकट नपाएका दर्शकहरूले विरोध गरेका थिए ।

यस सन्दर्भमा इसेवाका सीईओ निरज शर्माले पनि एकै पटक २ लाख प्रयोगकर्ताले टिकट खरिद गर्न खोज्दा यो प्राविधिक समस्या उत्पन्न भएको र यसले गर्दा समर्थकको बुझाईमा फरक पर्न गएको अनलाइनखबरलाई बताए ।

‘टिकट १ बजे ओपन भएर १:२४ मा टिकट सोल्ड आउट भएको हाम्रो सिस्टममा देखाएको छ । एक जनाले एभरेजमा ३ वटा टिकट लिएको देखिएको छ । डिमान्ड एकदम हाई र सप्लाई कम भएकोले यो समस्या देखियो । ट्राफिक हाई आयो । डिमान्ड अनुसार स्पलाई गर्ने टिकट थिएन र त्यलसे गर्दा यो गुनासो आएको हो ।’

यस्तै सीईओ शर्माले १२:५७ मै टिकट सोल्ड आउट देखिनु र प्रावधिकि कारणले गर्दा भएको स्पष्ट पारे । क्यानबाटै टिकट १२:५७ तिर लोड हुन्छ । १ बजे खुल्नु अघि टिकट स्कट मेन्टेन गर्नुखघि सिस्टममा त्यो फिचर रिस्टार्ट गर्नुपर्छ । त्यो बेला केही सेकेन्डका लागि सोल्ड आउट देखिन्छ र त्यहसैको स्कृनसट बाहिर आएको हो ।’ उनले मैदानको क्षमता कम हुँदा फाइनल खेलेको टिकट बिक्रीको बेला सधैँ ससम्या हुने बताए ।

क्यानले टिकट खरिद गर्न नसकेका दर्शकलाई अनलाइन तथा आधिकारिक प्लेटफर्ममार्फत एनपीएल हेरेर सहयोग गर्न आग्रह गरेको छ। टिकट बिक्रीका क्रममा दर्शकलाई परेको असुविधाप्रति क्षमायाचना गर्दै क्यानले नेपाली क्रिकेट र एनपीएलप्रति देखाएको साथ र उत्साहका लागि धन्यवाद दिएको छ।

एनपीएलको तेस्रो संस्करणको फाइनल शनिबार मङ्सिर ५ गते लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच हुँदैछ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
36m ago
एनपीएल फाइनलको टिकट केही मिनेटमै ‘सोल्ड आउट’

एनपीएल फाइनलको टिकट केही मिनेटमै ‘सोल्ड आउट’

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट खुला गरिएको केही मिनेटमै बिक्री भएको जानकारी दिएको छ।

#एनपीएल #प्रिमियर-लिग #टिकट
Compare →
Ekantipur
20m ago
एनपीएल फाइनलको टिकट केही मिनेटमै सोल्डआउट, दुई लाखले एकैसाथ गरे खरिद प्रयास

एनपीएल फाइनलको टिकट केही मिनेटमै सोल्डआउट, दुई लाखले एकैसाथ गरे खरिद प्रयास

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काका अनुसार टिकट बिक्री खुला हुँदा करिब दुई लाख प्रयोगकर्ताले एकैसाथ टिकट खरिद गर्ने प्रयास गरेका थिए ।

#एनपीएल #टिकट #बिक्री
Compare →
Hamro Patro News
1h ago
रोहित र दीपेन्द्रको प्रतिष्ठा भिडन्त : एनपीएल उपाधिसँगै कसको पोल्टामा जाला ‘कार’ ?

रोहित र दीपेन्द्रको प्रतिष्ठा भिडन्त : एनपीएल उपाधिसँगै कसको पोल्टामा जाला ‘कार’ ?

काठमाडौं – कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण उपाधि भिडन्तको सँघारमा आइपुगेको छ। बिहीबार सम्पन्न दोस्रो क्वालिफायरमा चितवन राइन...

#एनपीएल #प्रिमियर-लिग
Compare →
Bizshala
20h ago
चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुगेपछि लुम्बिनीसँगै उपाधि भिडन्त

चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुगेपछि लुम्बिनीसँगै उपाधि भिडन्त

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि भिडन्तमा फेरि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोएल्स...

#एनपीएल #प्रिमियर-लिग
Compare →
Arthasansar
1d ago
टस जितेर चितवनले रोज्यो ब्याटिङ, सुदूरपश्चिम फिल्डिङमा

टस जितेर चितवनले रोज्यो ब्याटिङ, सुदूरपश्चिम फिल्डिङमा

चितवन राइनोजले जारी नेपाल प्रिमियर लिग सिजन ३ अन्तर्गत आजको खेलमा टस जितेको छ। । फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग...

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Technology
Build #2612