Trending
Prev Story
Next Story

पृथ्वी राजमार्गमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी बन्द

Onlinekhabar •
November 20, 2026 • 11:31 AM
2
2 reads 0 reactions

४ मंसिर, काठमाडौं । पृथ्वी राजमार्गका विभिन्न क्षेत्रमा सडक मर्मत तथा निर्माणका लागि भोलि शनिबारदेखि (बिहान ११ बजेबाट-अपराह्न ४ बजेसम्म) सम्म सवारी आउजाउ बन्द गरिने भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाका अनुसार …

पृथ्वी राजमार्गमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी बन्द

४ मंसिर, काठमाडौं । पृथ्वी राजमार्गका विभिन्न क्षेत्रमा सडक मर्मत तथा निर्माणका लागि भोलि शनिबारदेखि (बिहान ११ बजेबाट-अपराह्न ४ बजेसम्म) सम्म सवारी आउजाउ बन्द गरिने भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाका अनुसार राजमार्गको घोप्टेभिरलगायत क्षेत्रमा सडक निर्माणका लागि सवारी आउजाउ बन्द गर्न लागिएको हो।

‘बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म अर्को सूचना नभएसम्मका लागि पृथ्वीराजमार्गमा सवारी आउजाउ बन्द रहनेछ,’ उनले भने, ‘घोप्टेभिरलगायत क्षेत्रमा सडक मर्मत तथा निर्माणको काम गर्न लागिएको हो।’

उनले कति दिनसम्म दैनिक ११ बजेदेखि अपराह्न ४ बजेसम्म सवारी रोकिने भन्ने टुंगो नलागेको बताए। घोप्टेभिर क्षेत्रमा सडक निर्माण जारी रहँदा पोखरातिरबाट आएका सवारीलाई आँबुखैरेनीमै रोकिनेछ। त्यस्तै नारायढगढ हुँदै आउने सवारीलाई जुगेडी र आँपटारीमा रोकिने उनको भनाइ छ। त्यस्तै केही सवारीलाई रमाइलो डाँडामा रोकिनेछ। मुग्लिन बजारमा भने सवारी नरोकिने उनको भनाइ छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
4d ago
२४ घण्टामा ६ सवारी दुर्घटना: ११ जनाको मृ’त्यु, ५ घाइते

२४ घण्टामा ६ सवारी दुर्घटना: ११ जनाको मृ’त्यु, ५ घाइते

देशका पाँच जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।

#सवारी #घण्टा
Compare →
Ekantipur
1d ago
सन्धिखर्कमा एकादशी मेला र देउसी–भैलो व्यवस्थित बनाउन सवारी आवागमनमा रोक

सन्धिखर्कमा एकादशी मेला र देउसी–भैलो व्यवस्थित बनाउन सवारी आवागमनमा रोक

दुवै मेलालाई व्यवस्थित गर्न सन्धिखर्क नगरपालिकाले शुक्रबार बिहान ८ देखि बेलुका ५ बजेसम्म बजार क्षेत्रमा सवारी आवागमनमा रोक लगाउने भएको हो ।

#सवारी
Compare →
Hamro Patro News
2d ago
बिपी राजमार्ग : चौडा बनाउन पौने चार अर्बको स्रोत–प्रस्ताव, किन लम्बिन सक्छ काम ?

बिपी राजमार्ग : चौडा बनाउन पौने चार अर्बको स्रोत–प्रस्ताव, किन लम्बिन सक्छ काम ?

काभ्रेपलाञ्चोक / बिपी राजमार्ग चौडा पारिने भएको छ । सदरमुकाम धुलिखेलदेखि नमोबुद्धको दाप्चा १ नं पुलसम्मको सडक थप चौडा पारिने भएको हो । सडक चौडा पार्दा १० मिटरसम्मको मुख्य कालोपत्रे सडक डिभिजन सडक क...

#राजमार्ग
Compare →

Related Stories

Technology
Build #2612