काठमाडौं – कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण उपाधि भिडन्तको सँघारमा आइपुगेको छ। बिहीबार सम्पन्न दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको फाइनलमा प्रवेश गरेको छ।
आठ फ्रेन्चाइज टोली सहभागी यस लिगमा लगातार तीनै संस्करणको फाइनल खेल्ने कीर्तिमान बनाउनु आफैंमा असाधारण निरन्तरता हो। तर, सुदूरपश्चिमका लागि शनिबार साबिक विजेता लुम्बिनी लायन्सविरुद्ध हुने फाइनल खेल केवल उपाधि भिडन्त मात्र होइन, अघिल्ला दुई फाइनलमा बेहोरेको पीडादायी हार बिर्साउने अग्निपरीक्षा पनि हो। त्यसका साथै अघिल्लो संस्करणको प्रतिद्वन्द्वी लुम्बिनी लायन्सलाई नै हराएर तेस्रो फाइनलमा पहिलो उपाधि हात पार्ने दाउ समेत हो ।
स्रोतमा पूरा पढ्नुहोस् ( canadanepal.com )