नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काका अनुसार टिकट बिक्री खुला हुँदा करिब दुई लाख प्रयोगकर्ताले एकैसाथ टिकट खरिद गर्ने प्रयास गरेका थिए ।
काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट बिक्री खुला भएको केही मिनेटमै सोल्डआउट भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काका अनुसार टिकट बिक्री खुला हुँदा करिब दुई लाख प्रयोगकर्ताले एकैसाथ टिकट खरिद गर्ने प्रयास गरेका थिए ।
क्यानले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै क्रिकेट मैदानको क्षमताअनुसार टिकट उपलब्धता सीमित रहेकाले बिक्री खुला भएको केही मिनेटमै सबै टिकट बिक्री भएको जनाएको छ ।
एनपीएलको फाइनल खेल शुक्रबार मंसिर ५ गते हुँदैछ । टिकट खरिद गर्न नपाएका समर्थकलाई अनलाइन तथा आधिकारिक प्लाटफर्ममार्फत सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग हेरेर सहयोग गर्न क्यानले आग्रह गरेको छ ।
नेपाली क्रिकेट र एनपीएलप्रति दर्शकले देखाएको उत्साहप्रति आभार व्यक्त गर्दै क्यानले टिकट खरिद गर्न नसकेका दर्शकलाई परेको असुविधाप्रति क्षमासमेत मागेको छ ।