Trending
Prev Story
Next Story

दसौं राष्ट्रिय खेलकुदः बागमतीबाट ३२ वटै खेलमा ६५८ जना सहभागी हुने

Ekantipur •
November 20, 2026 • 11:32 AM
2
2 reads 0 reactions

बागमती प्रदेशले दसौं राष्ट्रिय खेलकुदमा सहभागिताका लागि पाँच करोड ६० लाख रुपैयाँ स्रोत सुनिश्चित गर्दै पदक विजेतालाई एक लाखसम्म पुरस्कार दिने तयारी गरेको छ।

दसौं राष्ट्रिय खेलकुदः बागमतीबाट ३२ वटै खेलमा ६५८ जना सहभागी हुने

बागमती प्रदेशले दसौं राष्ट्रिय खेलकुदमा सहभागिताका लागि पाँच करोड ६० लाख रुपैयाँ स्रोत सुनिश्चित गर्दै पदक विजेतालाई एक लाखसम्म पुरस्कार दिने तयारी गरेको छ।

हेटौंडा — बागमती प्रदेशले दसौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश ३२ वटै खेलमा पूर्ण टोली सहभागी गराउने भएको छ । प्रदेशले एथलेटिक्स र उसुका खेलाडी छनोट गर्न बाँकी छ । अन्य ३० खेलका खेलाडी छनोट गरी ‘क्लोज क्याम्प’समेत सञ्चालन भइरहेको छ ।

प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामाले प्रतियोगितामा बागमतीबाट ६ सय ५८ खेलाडीसहित कुल ७ सय ८४ जनाको सहभागिता रहने जानकारी दिए । प्रशिक्षक, अफिसियल, टोली नेता, उपनेता तथा मेडिकल टोली गरी थप १ सय २६ जना सहभागी हुनेछन् ।

प्रतियोगिताका लागि प्रदेशका १३ वटै जिल्ला तथा सम्बन्धित खेल संघले खेलाडी छनोटको काम गरिसकेका छन् । आगामी कात्तिक १५ गतेभित्र सबै खेलको छनोट प्रक्रिया सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । दुई खेलबाहेक सबैका खेलाडी छनोट भइसकेको सदस्यसचिव लामाले बताए । कुल ३२ खेलमध्ये १२ खेलमा जिल्लास्तरबाट खेलाडी छनोट गरिएको छ भने बाँकी खेलमा खुला छनोट गरिएको छ । खुला छनोटमा प्रदेशका १३ जिल्लामा बसोबास गर्ने सम्बन्धित खेलका खेलाडी सहभागी हुन सक्ने व्यवस्था गरिएको थियो ।

यसअघि सम्पन्न तेस्रो बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगितालाई पनि दसौं राष्ट्रिय खेलकुदको पूर्वतयारीका रूपमा लिइएको थियो । उक्त प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शनलाई समेत छनोट प्रक्रियासँग जोडिएको थियो । राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्ने लक्ष्यसहित छनोट भएका खेलाडीलाई ‘क्लोज क्याम्प’मा राखेर विशेष प्रशिक्षण दिइरहेको परिषद्ले जनाएको छ । खेलाडीको शारीरिक तयारीसँगै खेल मनोविज्ञान, फिजियोथेरापी, पोषण तथा नियमित प्रशिक्षणलाई प्राथमिकता दिइएको परिषद्को दाबी छ ।

दसौं राष्ट्रिय खेलकुदमा सहभागिताका लागि बागमती प्रदेशले पाँच करोड ६० लाख रुपैयाँको स्रोत सुनिश्चित गरेको छ । प्रदेश सरकारले प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार दिने व्यवस्थासमेत अघि बढाएको छ । स्वर्ण पदक विजेतालाई एक लाख, रजत पदक विजेतालाई ७५ हजार र कांस्य पदक विजेतालाई ५० हजार रुपैयाँ प्रदान गर्ने गरी कार्यविधि तयार गरिएको परिषद्ले जनाएको छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
10h ago
दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

बर्दिया । कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका चार खेल लुम्बिनी प्रदेशमा सञ्चालन हुने भएसँगै त्यसको तयारी तीव्र पारिएको छ। प्रतियोगिताअन्तर्गत बाँकेमा पौडी र सुटिङ तथा ब...

#खेलकुद
Compare →
Nagarik News
19h ago
फिफाका अध्यक्षसँग खेलकुदमन्त्रीको भेट, एन्फामाथिको प्रतिबन्ध फुकाउन सकारात्मक

फिफाका अध्यक्षसँग खेलकुदमन्त्रीको भेट, एन्फामाथिको प्रतिबन्ध फुकाउन सकारात्मक

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको प्रतिबन्ध हटाएसँगै विश्व फुटबल महासंघ (फिफा) ले पनि निलम्बन फुकुवा गर्ने मौखिक सहमति भएको छ।

#खेलकुद
Compare →
Onlinekhabar
1d ago
१०औं राष्ट्रिय खेलकुदमा १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने

१०औं राष्ट्रिय खेलकुदमा १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने

३ मंसिर, काठमाडौं । कर्णाली प्रदेशमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुदमा १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा ३८४ स्वर्ण, ३८४ रजत र …

#खेलकुद
Compare →

Related Stories

Sports
Build #2612