Trending
Prev Story
Next Story

दशौं राष्ट्रिय खेलकुद : ३१ खेलमा कर्णालीको सहभागिता

Ekantipur •
November 19, 2026 • 05:32 PM
6
6 reads 0 reactions

प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रविन चन्दका अनुसार कम्तीमा चार स्वर्ण पदक जित्ने लक्ष्यसहित प्रदेशले ३१ खेलमा भाग लिन लागेको हो। उनले यसपटक खेलाडी छनोटमा पुरानो अभ्यास परिवर्तन गरिएको दाबी गरे। अहिले प्रतिस्पर्धाका आधारमा खेलाडी छानिएको उनको भनाइ छ।

दशौं राष्ट्रिय खेलकुद : ३१ खेलमा कर्णालीको सहभागिता

प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रविन चन्दका अनुसार कम्तीमा चार स्वर्ण पदक जित्ने लक्ष्यसहित प्रदेशले ३१ खेलमा भाग लिन लागेको हो। उनले यसपटक खेलाडी छनोटमा पुरानो अभ्यास परिवर्तन गरिएको दाबी गरे। अहिले प्रतिस्पर्धाका आधारमा खेलाडी छानिएको उनको भनाइ छ।

सुर्खेत — दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सहआयोजक कर्णाली प्रदेशले ३२ मध्ये ३१ खेलमा सहभागिता जनाउने भएको छ। प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रविन चन्दका अनुसार कम्तीमा चार स्वर्ण पदक जित्ने लक्ष्यसहित प्रदेशले ३१ खेलमा भाग लिन लागेको हो। उनले यसपटक खेलाडी छनोटमा पुरानो अभ्यास परिवर्तन गरिएको दाबी गरे। अहिले प्रतिस्पर्धाका आधारमा खेलाडी छानिएको उनको भनाइ छ।

‘कोटा पाँच जनाको छ तर तीन जनाको मात्रै आवेदन आयो भन्दैमा स्वतः छनोट गर्ने अभ्यास परिवर्तन गरेका छौं,’ उनले भने, ‘कर्णालीबाट राष्ट्रिय प्रतियोगितामा जाने खेलाडी प्रतिस्पर्धा गर्न सक्ने हुनुपर्छ भन्ने मान्यताका आधारमा छनोट गरेका हौं।’

परिषद्ले अधिकांश खेलको छनोट प्रक्रिया पूरा गरिसकेको छ। अहिले खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर तयारी अघि बढाइएको छ।

सुटिङ, जुडो र आईटीएफ तेक्वान्दोको बन्द प्रशिक्षण बाँकेमा भइरहेको छ। केही खेलाडीलाई काठमाडौंमै प्रशिक्षणमा निरन्तरता दिइएको छ। अन्य खेलको प्रशिक्षण पनि निर्धारित तालिकाअनुसार सञ्चालन भइरहेको चन्दले बताए।

खेलअनुसार सातदेखि १८ दिनसम्म बन्द प्रशिक्षणको तालिका छ। यसअघि सात/आठ खेलमा मात्रै प्रशिक्षक राखेर तयारी गरिने गरेकामा अहिले सहभागी हुने ३१ वटै खेलको प्रशिक्षण तालिका बनाइएको उनले बताए।

'कर्णालीले कम्तीमा चार स्वर्ण पदक जित्ने लक्ष्य राखेको छ। एथलेटिक्स, उसु, कराते, ह्यान्डबल र रग्बीबाट स्वर्णको अपेक्षा छ,' चन्दले भने।

खेलाडीको व्यक्तिगत प्रदर्शन र विगतका प्रतियोगिताको नतिजा विश्लेषण गरेर पदकको अनुमान गरिएको उनको भनाइ छ। विशेषगरी रग्बी टोलीले पछिल्ला राष्ट्रियस्तरका प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै आएकाले त्यस खेलबाट पदकको अपेक्षा गरिएको उनले बताए।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
16h ago
दशौं राष्ट्रिय खेलकुदबाट कर्णालीको छवि बदल्ने लक्ष्य छ : सदस्यसचिव चन्द्र

दशौं राष्ट्रिय खेलकुदबाट कर्णालीको छवि बदल्ने लक्ष्य छ : सदस्यसचिव चन्द्र

दशौं राष्ट्रिय खेलकुदबाट कर्णालीको छवि बदल्ने लक्ष्य छ : सदस्यसचिव चन्द्र उद्घाटन समारोहमा प्रदेशका दसवटै जिल्लाको पहिचान झल्किने गरी सांस्कृतिक झाँकी, नाचगान, बाजागाजा र परम्परागत प्रस्तुतिहरू सम...

#खेलकुद #दशौं #कर्णाली
Compare →
Onlinekhabar
1d ago
गण्डकी खेलकुद परिषद् : सदस्यसचिव नियुक्तिदेखि नै विवाद, सरकारलाई भारी

गण्डकी खेलकुद परिषद् : सदस्यसचिव नियुक्तिदेखि नै विवाद, सरकारलाई भारी

२ मंसिर, पोखरा । संघीयता कार्यान्वयनसँगै प्रदेशमा खेलकुदको विकास, विस्तार र व्यवस्थापन गर्ने उद्देश्यले गण्डकी सरकारले गठन गरेको खेलकुद परिषद् पटकपटक विवाद, राजनीति र प्रतिशोधको चपेटामा परेको छ । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७४/७५ देखि …

#खेलकुद #विकास
Compare →
Nagarik News
16h ago
फिफाका अध्यक्षसँग खेलकुदमन्त्रीको भेट, एन्फामाथिको प्रतिबन्ध फुकाउन सकारात्मक

फिफाका अध्यक्षसँग खेलकुदमन्त्रीको भेट, एन्फामाथिको प्रतिबन्ध फुकाउन सकारात्मक

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको प्रतिबन्ध हटाएसँगै विश्व फुटबल महासंघ (फिफा) ले पनि निलम्बन फुकुवा गर्ने मौखिक सहमति भएको छ।

#खेलकुद
Compare →

Related Stories

Sports
Build #2612