Trending
Prev Story
Next Story

१०औं राष्ट्रिय खेलकुदमा १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने

Onlinekhabar •
November 19, 2026 • 06:31 AM
1
1 reads 0 reactions 4 comments

३ मंसिर, काठमाडौं । कर्णाली प्रदेशमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुदमा १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा ३८४ स्वर्ण, ३८४ रजत र …

१०औं राष्ट्रिय खेलकुदमा १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने

३ मंसिर, काठमाडौं । कर्णाली प्रदेशमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुदमा १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कांस्य पदकका लागि प्रतिस्पर्धा हुने जानकारी दिएको हो।

१०औं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताका केही खेल भने औपचारिक उद्घाटनअघि नै मंसिर ८ गतेदेखि सुरु हुनेछन्। उद्घाटन र समापन समारोह दुवै सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुनेछ।

प्रतियोगितामा सात प्रदेशसहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल (एपीएफ) र एनआरएनएको गरी ११ टोलीको सहभागिता रहनेछ। कुल ३२ खेलका ३८४ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ।

प्रत्येक टोलीबाट ६६० जना सहभागी हुनेछन्। जसमा ३१४ महिला र ३४६ पुरुष खेलाडी रहनेछन्। त्यस्तै, प्रत्येक टोलीबाट ८१ प्रशिक्षक र ४१ व्यवस्थापक सहभागी हुनेछन्।

प्रतियोगिताका लागि कुल १ हजार ३० जना निर्णायक रहनेछन्। तीमध्ये २५८ अन्तर्राष्ट्रिय र ७७२ राष्ट्रिय निर्णायक हुने राखेपले जनाएको छ। खेल संघका ९६ प्रतिनिधिको पनि सहभागिता रहनेछ।

प्रतियोगिताका खेल सुर्खेतसहित सात जिल्लामा सञ्चालन हुनेछन्। सुर्खेतमा २३, नेपालगन्जमा दुई, बर्दियामा दुई, दैलेखमा एक, कालीकोटमा एक, सल्यानमा दुई र पश्चिम रुकुममा एक खेल आयोजना हुनेछ।

राखेपले यसपटक व्यक्तिगत र टिम स्पर्धाका पदक विजेतालाई नगद पुरस्कारको व्यवस्था गरेको छ। व्यक्तिगत स्पर्धामा स्वर्ण जित्नेलाई २० हजार, रजत जित्नेलाई १५ हजार र कांस्य जित्नेलाई ८ हजार रुपैयाँ प्रदान गरिनेछ। टिम स्पर्धामा स्वर्ण विजेताले १५ हजार, रजतले १० हजार र कांस्यले ८ हजार रुपैयाँ पाउनेछन्। रजत र कांस्य पदक विजेतालाई पनि नगद पुरस्कार दिने व्यवस्था पहिलोपटक गरिएको राखेपले जनाएको छ।

पटकपटक सर्दै आएको १०औं राष्ट्रिय खेलकुदको मिति पछिल्लोपटक २०८३ साउन २८ गते राखेपको १२५औं बोर्ड बैठकले निर्धारण गरेको थियो।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
14h ago
प्रदेश र राष्ट्रिय खेलकुदका पदक विजेता खेलाडीलाई पुरस्कार घोषणा

प्रदेश र राष्ट्रिय खेलकुदका पदक विजेता खेलाडीलाई पुरस्कार घोषणा

नेपाल खेलकुद प्रतिष्ठान खोटाङले राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण, रजत र कांस्य पदक जित्ने खेलाडीलाई क्रमशः ३३ हजार ३ सय ३३, २२ हजार २ सय २२ र ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

#खेलकुद #पदक
Compare →
Hamro Patro News
30m ago
चीनमा पदक विजेता खेलाडीलाई वीरगन्ज महानगरले गर्यो सम्मान

चीनमा पदक विजेता खेलाडीलाई वीरगन्ज महानगरले गर्यो सम्मान

वीरगन्ज : चीनमा आयोजित अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पदक जित्न सफल वीरगन्जजका तीनजना खेलाडीलाई वीरगन्ज महानगरपालिकाले सम्मानित गरेको छ । चीनको सान्या सहरमा गत सेप्टेम्बर २६ र २७ तारिकमा...

#पदक
Compare →
Nagarik News
3d ago
तेक्वान्दो खेलाडी वैभवीलाई थाइल्यान्डमा दुई पदक

तेक्वान्दो खेलाडी वैभवीलाई थाइल्यान्डमा दुई पदक

तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा सम्पन्न बैंकक खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाललाई दुई पदक दिलाएकी छिन्।

#पदक
Compare →

Related Stories

Sports
Build #2612