Trending
Prev Story
Next Story

मुन्सीको १२ छक्कासहित अविजित १२५ रनले सुदूरपश्चिमलाई दिलायो पहिलो एनपीएल उपाधि

Bizshala •
November 21, 2026 • 04:34 PM
2
2 reads 0 reactions

काठमाण्डौ । लगातार दुई फाइनलमा उपाधि गुमाएको सुदूरपश्चिम रोयल्सले तेस्रो प्रयासमा नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी...

मुन्सीको १२ छक्कासहित अविजित १२५ रनले सुदूरपश्चिमलाई दिलायो पहिलो एनपीएल उपाधि

काठमाण्डौ । लगातार दुई फाइनलमा उपाधि गुमाएको सुदूरपश्चिम रोयल्सले तेस्रो प्रयासमा नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी उचालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा सुदूरपश्चिमले साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै पहिलो उपाधि जितेको हो ।

गत सिजनको फाइनलमा लुम्बिनीसँगै पराजित भएको सुदूरपश्चिमले यसपटक १५६ रनको लक्ष्य ३९ बल बाँकी छँदै पूरा गर्‍यो । यो जितका नायक बने स्कटल्यान्डका ओपनर जर्ज मुन्सी । उनले ५४ बलमा १२ छक्का र ८ चौका प्रहार गर्दै अविजित १२५ रन बनाए । ४९ बलमै शतक पूरा गरेका मुन्सीले एनपीएल इतिहासकै सर्वाधिक व्यक्तिगत स्कोरको कीर्तिमान पनि बनाए ।

मुन्सीले चौका र छक्काबाट मात्रै १०४ रन जोडे । अर्का ओपनर विनोद भण्डारीले २७ बलमा अविजित ३० रन बनाउँदै उनलाई साथ दिए । यी दुईको अविच्छिन्न १५८ रनको साझेदारीसँगै सुदूरपश्चिमले १३.३ ओभरमै उपाधि पक्का गर्‍यो ।

पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । उसका लागि दिलीप नाथले ३१ बलमा अविजित ४० रन बनाए । कप्तान रोहित पौडेलले ३१ बलमा ३० रन जोड्दा निरोशन डिकवेलाले २८ र डार्सी सर्टले २१ रन बनाए । लुम्बिनीका कुनै पनि ब्याटरले अर्धशतक बनाउन सकेनन् ।

सुदूरपश्चिमका स्कट कुगेलाइनले दुई विकेट लिए । थारिन्दु रत्नायके र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट हात पारे ।

बिक्री खुलेको १५ मिनेटमै टिकट सकिएको फाइनल हेर्न कीर्तिपुरमा ठूलो संख्यामा दर्शक पुगेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, गृहमन्त्री सुदन गुरुङ, शिक्षामन्त्री सस्मित पोखरेल र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि मैदानमा उपस्थित थिए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
लुम्बिनीलाई हराउँदै सुदूरपश्चिमले जित्यो एनपीएलको उपाधि

लुम्बिनीलाई हराउँदै सुदूरपश्चिमले जित्यो एनपीएलको उपाधि

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै सुदूरपश्चिम च्याम्पियन बनेको हो ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Ekantipur
1h ago
तस्बिरमा हेर्नुहोस् एनपीएल फाइनल

तस्बिरमा हेर्नुहोस् एनपीएल फाइनल

भेट्रान स्कटिस ब्याटर जर्ज मुन्सेले सानदार शतक बनाएपछि सुदूरपश्चिम रोयल्सले तेस्रो सिजनमा आएर नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो उपाधि जितेको छ । सुदूरपश्चिमले शनिबार भएको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्‍यो ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Arthasansar
1h ago
एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित

एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि सुदुरपश्चिम रोएल्सले जितेको हो । शनिबार भएको खेलमा साविक विजेता लुम्बिनी लायन्सलाई...

#एनपीएल #प्रिमियर-लिग #उपाधि
Compare →
Nagarik News
2h ago
मुन्सीको शतकमा सुदूरपश्चिम बन्यो एनपिएल सिजन-३ च्याम्पियन

मुन्सीको शतकमा सुदूरपश्चिम बन्यो एनपिएल सिजन-३ च्याम्पियन

लगातार तेस्रो प्रयासमा उपाधि खडेरी तोड्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको च्याम्पियन बनेको छ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →

Related Stories

Sports
Build #2612