काठमाडौं । सुदूरपश्चिम रोयल्सका ओपनर जर्ज मन्सेको चमत्कारिक प्रदर्शनमा नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उपाधी पहिलो पटक सुदूरपश्चिमले जितेको छ । लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले यस पटकको एनपीएलको उपाधी हात पारेको हो ।
सुदूरपश्चिम तेस्रो प्रयासमा एनपीएल च्याम्पियन बन्न सफल भएको हो । विजेता बनेसँगै उसले १ करोड ५० लाख रुपियाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेताले ८० लाख रुपियाँमा चित्त बुझाएको छ । लुम्बिनी साविकको विजेता हो ।
स्रोतमा पूरा पढ्नुहोस् ( corporatenepal.com )