Trending
Prev Story
Next Story

मुनसीको विस्फोटक शतकमा सुदूरपश्चिम पहिलोपटक च्याम्पियन, फाइनल हेर्न पुगे रविदेखि सुधनसम्म

Nagarik News •
November 21, 2026 • 02:19 PM
2
2 reads 0 reactions

जर्ज मुनसीको कीर्तिमानी शतकसँगै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको च्याम्पियन बनेको छ।

मुनसीको विस्फोटक शतकमा सुदूरपश्चिम पहिलोपटक च्याम्पियन, फाइनल हेर्न पुगे रविदेखि सुधनसम्म

जर्ज मुनसीको कीर्तिमानी शतकसँगै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको च्याम्पियन बनेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा सुदूरपश्चिमले साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटको फराकिलो अन्तरले हराउँदै पहिलोपटक उपाधि जितेको हो।

लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमै कुनै विकेट नगुमाई १५८ रन बनाउँदै पूरा गर्‍यो। मुनसीले ४९ बलमै शतक पूरा गर्दै ५४ बलमा अविजित १२५ रनको विस्फोटक इनिङ्स खेले। उनको इनिङ्समा ८ चौका र १२ छक्का समावेश थियो। उनलाई अर्का ओपनर विनोद भण्डारीले २७ बलमा अविजित ३० रन बनाउँदै उत्कृष्ट साथ दिए।

सुदूरपश्चिम यसअघि लगातार दुई संस्करण (पहिलो र दोस्रो) मा उपविजेतामा सीमित बनेको थियो। यसपटक भने टोलीले तेस्रो प्रयासमा उपाधि उचाल्न सफल भयो।

एनपीएलको फाइनल भिडन्त हेर्न गृहमन्त्री सुधन गुरुङ, खेलकुदमन्त्री सस्मित पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि कीर्तिपुरस्थित मैदान पुगेका थिए।

त्यस्तै, नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारी तथा विदेशी प्रतिनिधिहरूको पनि मैदानमा बाक्लो उपस्थिति रहेको थियो।

प्रकाशित: ५ मंसिर २०८३ २०:०४ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
53m ago
मुनसीको विस्फोटक शतकमा सुदूरपश्चिम पहिलोपटक च्याम्पियन, फाइनल हेर्न पुगे रविदेखि सुधनसम्म

मुनसीको विस्फोटक शतकमा सुदूरपश्चिम पहिलोपटक च्याम्पियन, फाइनल हेर्न पुगे रविदेखि सुधनसम्म

जर्ज मुनसीको कीर्तिमानी शतकसँगै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको च्याम्पियन बनेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा सुद...

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Ekantipur
12m ago
तस्बिरमा हेर्नुहोस् एनपीएल फाइनल

तस्बिरमा हेर्नुहोस् एनपीएल फाइनल

भेट्रान स्कटिस ब्याटर जर्ज मुन्सेले सानदार शतक बनाएपछि सुदूरपश्चिम रोयल्सले तेस्रो सिजनमा आएर नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो उपाधि जितेको छ । सुदूरपश्चिमले शनिबार भएको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्‍यो ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Arthasansar
11h ago
एनपीएल फाइनलको टिकट बिक्री विवादमा क्यानको स्पष्टीकरण, एकैपटक २ लाखले खोजेका थिए टिकट

एनपीएल फाइनलको टिकट बिक्री विवादमा क्यानको स्पष्टीकरण, एकैपटक २ लाखले खोजेका थिए टिकट

नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट बिक्रीलाई लिएर समर्थकबाट प्रश्न उठेपछि नेपाल क्रिकेट संघ (क्यान) ले स्पष्टीकरण दिएको...

#एनपीएल #प्रिमियर-लिग #फाइनल
Compare →

Related Stories

Sports
Build #2612