Trending
Prev Story
Next Story

‘अमेरिका र इजरायलसँगको युद्धका क्रममा इरानमा ६ लाखले रोजगारी गुमाए’

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

अमेरिका र इजरायलसँगको युद्धका कारण थप आर्थिक संकटको जोखिम बढिरहेका बेला इरानमा ऊर्जा अभावले औद्योगिक उत्पादन घटेको र करिब ६ लाखले रोजगारी गुमाएको एक सांसदले बताएका छन् । सांसद नस्रोल्लाह पेजमानफारले खनेह मेल्लत समाचार एजेन्सीसँग कुरा …

‘अमेरिका र इजरायलसँगको युद्धका क्रममा इरानमा ६ लाखले रोजगारी गुमाए’

अमेरिका र इजरायलसँगको युद्धका कारण थप आर्थिक संकटको जोखिम बढिरहेका बेला इरानमा ऊर्जा अभावले औद्योगिक उत्पादन घटेको र करिब ६ लाखले रोजगारी गुमाएको एक सांसदले बताएका छन् ।

सांसद नस्रोल्लाह पेजमानफारले खनेह मेल्लत समाचार एजेन्सीसँग कुरा गर्दै प्राकृतिक ग्यासको अभाव जारी रहे अझै १० लाखभन्दा बढी श्रमिकले रोजगारी गुमाउनसक्ने चेतावनी दिए  ।

विद्युत् उत्पादन केन्द्रहरूमा उत्पादनमा गम्भीर कमी आएपछि इरानले आइतबार पुन: विद्युत् कटौती सुरु गरेको छ ।

इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले ऊर्जा खपतमा सुधार गर्नु देशको सबैभन्दा जरुरी र महत्त्वपूर्ण विषय भएको बताएका छन् ।

उनले भनेका छन्, ‘ऊर्जा खपतमा सुधार देशको सबैभन्दा जरुरी र महत्त्वपूर्ण विषय हो । यो सुधार पेट्रोलबाट होइन, प्राकृतिक ग्यासबाट सुरु हुनुपर्छ ।’

यसैबीच, राष्ट्रपति मसुद पेजेस्कियानले इरानले अहिले ‘मौन आर्थिक युद्ध’ सामना गरिरहेको बताएका छन् ।

नले अमेरिका र इजरायलसँगको सैन्य द्वन्द्वभन्दा पनि आर्थिक युद्ध झन् कठिन रहेको बताएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
6h ago
अमेरिका युद्धमा पराजित देश हो, सर्त थोपर्ने विजेता होइन : इरान

अमेरिका युद्धमा पराजित देश हो, सर्त थोपर्ने विजेता होइन : इरान

इरानले अमेरिकालाई युद्धमा पराजित देशको संज्ञा दिँदै अब उसले विजेताको जस्तो व्यवहार गरेर अन्य देशमाथि सर्त थोपर्न नसक्ने बताएको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले अमे...

#इरान #अमेरिका #युद्ध
Compare →
Nagarik News
8h ago
इरान–अमेरिका तनाव चर्कियो, बहराइनस्थित अमेरिकी अखडामा ड्रोन र क्षे’प्यास्त्र प्रहार

इरान–अमेरिका तनाव चर्कियो, बहराइनस्थित अमेरिकी अखडामा ड्रोन र क्षे’प्यास्त्र प्रहार

इरानको आधिकारिक सञ्चारमाध्यम सेपाह न्युजमा प्रकाशित विज्ञप्तिअनुसार अमेरिकी पक्षबाट इरानी हवाई क्षेत्रको उल्लङ्घन जारी रहेकाले उक्त कारबाही गरिएको हो।

#इरान #अमेरिका
Compare →
Bizshala
12h ago
इरान युद्धको बजेट विवादले अमेरिकामा सरकारी कामकाज ठप्प हुने जोखिम

इरान युद्धको बजेट विवादले अमेरिकामा सरकारी कामकाज ठप्प हुने जोखिम

काठमाडौं। इरानसँगको युद्ध र अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)का लागि थप ३५० अर्ब अमेरिकी डलर बजेट उपलब्ध गराउने...

#अमेरिका #युद्ध #इरान
Compare →
Ekantipur
10h ago
हर्मुज जलमार्गमा चर्कियो तनाव,  तेलका ट्यांकरमाथि आक्रमण बढ्दै

हर्मुज जलमार्गमा चर्कियो तनाव,  तेलका ट्यांकरमाथि आक्रमण बढ्दै

इरानले हर्मुज पूर्ण रुपमा आफ्नो नियन्त्रणमा रहेको दाबी गर्दै यहाँबाट चल्ने जहाजले इरानी निकायसँग समन्वय गरी तोकिएको मार्ग मात्र प्रयोग गर्नुपर्ने जनाएको छ

#इरान #क्रम
Compare →

Related Stories

World News
Build #2612