Trending
Prev Story
Next Story

हर्मुज जलमार्गमा चर्कियो तनाव,  तेलका ट्यांकरमाथि आक्रमण बढ्दै

Ekantipur •
November 22, 2026 • 06:02 AM
2
2 reads 0 reactions

इरानले हर्मुज पूर्ण रुपमा आफ्नो नियन्त्रणमा रहेको दाबी गर्दै यहाँबाट चल्ने जहाजले इरानी निकायसँग समन्वय गरी तोकिएको मार्ग मात्र प्रयोग गर्नुपर्ने जनाएको छ

हर्मुज जलमार्गमा चर्कियो तनाव,  तेलका ट्यांकरमाथि आक्रमण बढ्दै

इरानले हर्मुज पूर्ण रुपमा आफ्नो नियन्त्रणमा रहेको दाबी गर्दै यहाँबाट चल्ने जहाजले इरानी निकायसँग समन्वय गरी तोकिएको मार्ग मात्र प्रयोग गर्नुपर्ने जनाएको छ

तेहरान — इरानले हर्मुज जलमार्गमा पानीजहाज आवतजावतमा कडाइ जारी राखेका बेला अज्ञात प्रक्षेपण (प्रोजेक्टाइल) प्रहारबाट दुई तेल ट्याङ्करमा क्षति पुगेको छ ।  बेलायती समुद्री अधिकारीहरूले शनिबार यसको नजानकारी दिएका हुन् ।

शनिबार ओमाननजिकै तेलका ट्यांकर निशानामा परेको उनीहरुले गरेका छन् । बेलायती निकाय युकेएमटीओका अनुसार ओमानको खसाब बन्दरगाहभन्दा २० किलोमिटर उत्तरमा एउटा ट्याङ्करको पछाडिको भागमा र ३१ किलोमिटर पूर्वमा अर्को ट्याङ्करको इन्जिन कक्षमा प्रहार भएको छ । घटनामा मानवीय क्षति भएको छैन ।

पछिल्लो एक सातामा ट्याङ्करमाथिका यस्ता आक्रमण ह्वात्तै बढेको छ । इरानी सशस्त्र बलको विवरणअनुसार गत एक साताको अवधिमा झन्डै   २५ वटा ट्यांकरमा आक्रमण भइसकेका छन्  ।

इरानले हर्मुज पूर्ण रुपमा आफ्नो नियन्त्रणमा रहेको दाबी गर्दै यहाँबाट चल्ने जहाजले इरानी निकायसँग समन्वय गरी तोकिएको मार्ग मात्र प्रयोग गर्नुपर्ने जनाएको छ । अन्यथा, आक्रमण गरिने वा जहाजहरु समुद्री बारुदी सुरुङ (माइन) मा पर्ने सक्ने इरानको चेतावनी छ ।

आफ्नो तेल निर्यात रोकिदाँ अरू देशको पनि रोकिने सन्देश दिन इरानले तनाव बढाएको विश्लेषण गरिएको छ । उता, अमेरिकाले इरानी बन्दरगाहमा नाकाबन्दी लगाउँदै अन्य देशका ट्याङ्करको सुरक्षाका लागि जलसेनाको जहाज परिचालन गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
4d ago
ट्याङ्करमाथि आक्रमण र अमेरिकी भण्डार घट्ने अनुमानले बढ्यो तेलको मूल्य

ट्याङ्करमाथि आक्रमण र अमेरिकी भण्डार घट्ने अनुमानले बढ्यो तेलको मूल्य

काठमाडौँ । मध्यपूर्वमा तेल ट्याङ्करमाथि आक्रमण जारी रहनु र अमेरिकी कच्चा तेलको भण्डार घट्ने अपेक्षाले मंगलबार...

#तेल #आक्रमण
Compare →
Nagarik News
4d ago
केश्म टापुमा अमेरिकी आक्रमण भएको इरानको आरोप, होर्मुजमा पाँच तेल ट्यांकरमा क्षति

केश्म टापुमा अमेरिकी आक्रमण भएको इरानको आरोप, होर्मुजमा पाँच तेल ट्यांकरमा क्षति

मंगलबार राति टापुका विभिन्न स्थानमा विस्फोटका आवाज सुनिएपछि इरानी अधिकारीहरूले अमेरिकी सेनाले आक्रमण गरेको बताएका हुन्।

#इरान #तेल #आक्रमण
Compare →
Hamro Patro News
2d ago
चीनमा सी–ट्रम्पबिच द्विपक्षीय बैठक : युक्रेन युद्धदेखि हर्मुज स्ट्रेटसम्म संवाद

चीनमा सी–ट्रम्पबिच द्विपक्षीय बैठक : युक्रेन युद्धदेखि हर्मुज स्ट्रेटसम्म संवाद

चीनको सरकारी प्रसारक सीसीटीभीका अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबिच बिहीबार द्विपक्षीय बैठक सम्पन्न भएको छ। बैठकको सुरुमा ट्रम्पले व्यापार, हर्मुज स्ट्रेट,...

#हर्मुज
Compare →
Onlinekhabar
4d ago
अमेरिकामा आक्रमण हुनसक्ने गुप्तचरी सूचनापछि इरानलाई ट्रम्पको चेतावनी

अमेरिकामा आक्रमण हुनसक्ने गुप्तचरी सूचनापछि इरानलाई ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाभित्र कुनै पनि प्रकारको आक्रमण नगर्न इरानलाई चेतावनी दिएका छन् । वासिङ्टन डीसी इरानको सम्भावित निशाना हो कि होइन भन्ने पत्रकारको प्रश्नमा उनले यस्तो चेतावनी दिएका हुन् । फिलिपिन्सको राजधानी मनिलामा जारी …

#इरान #आक्रमण
Compare →

Related Stories

Technology
Build #2612