आक्रमणपछि एकजना भारतीय बेपत्ता छन् भने दुईजना घाइते अवस्थामा भेटिएका छन्
नयाँ दिल्ली — भारतले हर्मुज जलमार्गमा एक व्यावसायिक पानीजहाजमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गरेको छ। मङ्गलबार आक्रमणमा परेको 'तारा ग्यास' नामक उक्त जहाजमा २४ भारतीय सवार थिए । त्यसमध्ये, एक जना भारतीय बेपत्ता भएका छन् ।
उद्धार गरिएकामध्ये दुई जना घाइते छन् भने बाँकी भारतीय नागरिक सकुशल रहेको भारतको विदेश मन्त्रालयले जनाएको छ ।
त्यस्तै, दुई जना घाइते भएका छन्। उक्त जहाजमा २४ भारतीय सवार थिए । आक्रमणमा परि घाइते भएका दुई जनालाई भने अस्पतालमा भर्ना गरिएको छ।
यद्यपि, विदेश मन्त्रालयले उक्त जहाजमाथि कसले आक्रमण गर्यो भन्नेबारे खुलाएको छैन।
पश्चिम एसियाली क्षेत्रमा जहाजहरूमाथि बारम्बार आक्रमणहरू हुने 'गम्भीर चिन्ताको विषय' रहेको भन्दै विदेश मन्त्रालयले व्यावसायिक पानीजहाज र नागरिक पूर्वाधारलाई लक्षित गर्ने कार्य तत्काल बन्द हुनुपर्ने दोहोर्याएको छ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'अन्तर्राष्ट्रिय कानूनको पालना गर्दै अन्तर्राष्ट्रिय जलमार्गहरूमा स्वतन्त्र र निर्बाध आवागमन तथा व्यापार छिटो पुनःस्थापित गरिनुपर्छ।'
पश्चिम एसियामा विगत आठ महिनादेखि चलिरहेको द्वन्द्वबीच व्यावसायिक जलमार्गहरूमा जहाजहरुमाथि श्रृंखलाबद्ध आक्रमण भइरहेका छन् । यस युद्धका कारण अहिलेसम्म भारतका १४ जना नाविकहरूले ज्यान गुमाइसकेका छन् ।
फेब्रुअरीमा अमेरिका र इजरायलले सुरु गरेको यस युद्धमा अमेरिका र इरानबीच विगत दुई महिनायता लडाइँ केही शान्त बनेको थियो। तर, बहराइनस्थित अमेरिकी राडार सुविधा केन्द्रमा इरान आक्रमण गरेसँगै अमेरिकाले पनि फेरि आक्रमण तिव्र पारेको छ।
विश्लेषकहरूका अनुसार रोकिएको शान्ति वार्ता र तेहरानमाथि बढ्दै गएको आर्थिक दबाबले अझै ठूलो द्वन्द्व फैलिने जोखिम बढेको छ ।