Trending
Prev Story
Next Story

अमेरिकामा बम आक्रमणको योजना बनाउँदै इरान, ट्रम्प प्रशासनका अधिकारीहरू निशानामा : गुप्तचर प्रतिवेदन

Ekantipur •
November 17, 2026 • 02:01 AM
2
2 reads 0 reactions

अमेरिकी गुप्तचर निकायले इरानले पहिले नै अमेरिकाभित्रै बम बनाउने सामग्री लुकाएर राखेको हुन सक्ने वा सजिलै भित्र्याउन सक्ने आशंका गरेको छ

अमेरिकामा बम आक्रमणको योजना बनाउँदै इरान, ट्रम्प प्रशासनका अधिकारीहरू निशानामा : गुप्तचर प्रतिवेदन

अमेरिकी गुप्तचर निकायले इरानले पहिले नै अमेरिकाभित्रै बम बनाउने सामग्री लुकाएर राखेको हुन सक्ने वा सजिलै भित्र्याउन सक्ने आशंका गरेको छ

काठमाडौँ — अमेरिकी गुप्तचर निकायको नयाँ प्रतिवेदनले इरानले वाशिङ्टन, डीसीमा ट्रम्प प्रशासनका वरिष्ठ अधिकारीहरूलाई लक्षित गर्दै 'डर्टी बम' वा रासायनिक हतियार प्रयोग गरी आक्रमण गर्ने योजना बनाइरहेको देखाएको छ।

अमेरिकी सञ्चारमाध्यम सीएनएनले सात अमेरिकी अधिकारीलाई उद्धृत गर्दै  य स्तो योजनाको खुलासा गरेको हो ।

स्रोतका अनुसार अमेरिकासँगको युद्धमा सबै विकल्प खुला राख्ने उद्देश्यले लामो समयदेखि उसले यस्तो योजना बनाइरहेको हो ।

पत्ता लागेका योजनाहरूमा निश्चित स्थान र लक्षित व्यक्तिहरूको स्पष्ट विवरण रहेका कारण अमेरिकी अधिकारीहरूले आकस्मिक सुरक्षा तयारी र छलफल तीव्र बनाएका छन्।

व्हाइट हाउसकी प्रवक्ता लरेन बिस्ले अमेरिकाले सबै सम्भावित खतराहरूलाई निगरानी गरिरहेको बताइन् । उनले हाल स्वदेशमा कुनै ठोस खतरा नरहेको दाबी पनि गरिन् । तर, जारी अमेरिकी सैन्य आक्रमण र आर्थिक नाकाबन्दीका कारण चरम दबाबमा परेपछि इरानले अमेरिकी भूमिमै आक्रमण गर्ने योजना बनाएको हुनसक्ने अमेरिकी अधिकारीहरूको बुझाइ छ।

डर्टी बम (रेडियोधर्मी सामग्री र परम्परागत विस्फोटक पदार्थको मिश्रण) बनाउन तुलनात्मक रूपमा सजिलो हुने विज्ञहरूले बताएका छन्। अमेरिकी गुप्तचर निकायले इरानले पहिले नै अमेरिकाभित्रै बम बनाउने सामग्री लुकाएर राखेको हुन सक्ने वा सजिलै भित्र्याउन सक्ने आशंका गरेको छ। यसबारे अधिकारीहरूबीच केही मतभेद रहे पनि सुरक्षा चुनौती भने गम्भीर रूपमा लिइएको छ।

यसअघि पनि इरानले सन् २०२४ मा राष्ट्रपति ट्रम्पविरुद्ध हत्याको प्रयाससहित विभिन्न षड्यन्त्र रचेको इतिहास छ। पछिल्लो समय अमेरिका र इरानबीचको द्वन्द्व हर्मुज जलमार्ग र पश्‍चिम एशियाका अन्य देशमा समेत केन्द्रित छ।

अमेरिकी अधिकारीहरूले पश्चिम एशियामा तैनाथ अमेरिकी सैनिकहरूविरुद्ध पनि रासायनिक हतियार प्रयोग हुन सक्ने जोखिम औंल्याएका छन्।

दुई देशबीचका कूटनीतिक वार्ता र युद्धविरामका प्रयासहरू अहिलेसम्म निष्कर्षमा पुग्न सकेका छैनन्। अमेरिकी अधिकारीहरूले इरानले यस्ता विनासकारी हतियार प्रयोग गरेमा त्यसको कडा प्रतिवाद हुने चेतावनी दिएका छन् ।

तर, इरानले आफ्नो अस्तित्व नै संकटमा परेको महसुस गरेमा यस्ता खतरनाक कदम चाल्न सक्ने जोखिम अझै कायम रहेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
1d ago
ट्रम्पको दाबीलाई अमेरिकी गुप्तचर रिपोर्टकै चुनौती : इरानसँग अझै २५०० मिसाइल, फेरि युद्ध भड्किए अमेरिका र इजरायललाई भारी पर्न सक्ने

ट्रम्पको दाबीलाई अमेरिकी गुप्तचर रिपोर्टकै चुनौती : इरानसँग अझै २५०० मिसाइल, फेरि युद्ध भड्किए अमेरिका र इजरायललाई भारी पर्न सक्ने

काठमाण्डौ । अमेरिका र इजरायलको लगातारको सैन्य आक्रमणपछि इरानको सैन्य शक्ति लगभग ध्वस्त भएको दाबी गरिरहेका अमेरिकी...

#अमेरिकी #इरान #अमेरिका
Compare →
Onlinekhabar
1d ago
इरानसँग २ हजार ५०० मिसाइल रहेको अमेरिकी गुप्तचरको अनुमान

इरानसँग २ हजार ५०० मिसाइल रहेको अमेरिकी गुप्तचरको अनुमान

अमेरिकी गुप्तचर निकायहरूको इरानसँग अझै १ हजार ५०० देखि २ हजार ५०० वटा मिसाइल रहेको अनुमान गरेका छन् । अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलले यसबारे रिपोर्ट प्रकाशित गरेको छ । अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अखबारले जनाएअनुसार …

#अमेरिकी #इरान #गुप्तचर
Compare →
Hamro Patro News
1d ago
इरानसँग अझै कति क्षेप्यास्त्र बचेको छ ? यसो भन्छ अमेरिकी गुप्तचर निकाय

इरानसँग अझै कति क्षेप्यास्त्र बचेको छ ? यसो भन्छ अमेरिकी गुप्तचर निकाय

काठमाडौं । अमेरिकी गुप्तचर निकायहरूको अनुमानअनुसार इरानसँग अझै पनि १ हजार ५०० देखि २ हजार ५०० वटासम्म क्षेप्यास्त्र रहेको छ । अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्...

#अमेरिकी #इरान #गुप्तचर
Compare →
Nagarik News
1d ago
इरानले बहराइनस्थित अमेरिकी सैन्य अखडानजिक गर्‍यो ड्रोन आक्रमण

इरानले बहराइनस्थित अमेरिकी सैन्य अखडानजिक गर्‍यो ड्रोन आक्रमण

इरानले खाडी मुलुक बहराइनस्थित अमेरिकी सैन्य अखडामा ड्रोन आक्रमण गरेको दाबी गरेपछि आइतबार बिहान त्यहाँ विस्फोटका आवाज सुनिएका छन्।

#अमेरिकी #इरान #आक्रमण
Compare →
Arthasansar
1d ago
इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव

इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको आणविक कार्यक्रमबाट उत्पन्न हुन सक्ने खतराको सामना गर्न राष्ट्रिय एकता सरकार गठन गर्न पुनः आह्वान...

#इरान
Compare →

Related Stories

World News
Build #2612