Trending
Prev Story
Next Story

इरानले बहराइनस्थित अमेरिकी सैन्य अखडानजिक गर्‍यो ड्रोन आक्रमण

Nagarik News •
November 15, 2026 • 08:30 AM
4
4 reads 0 reactions

इरानले खाडी मुलुक बहराइनस्थित अमेरिकी सैन्य अखडामा ड्रोन आक्रमण गरेको दाबी गरेपछि आइतबार बिहान त्यहाँ विस्फोटका आवाज सुनिएका छन्।

इरानले बहराइनस्थित अमेरिकी सैन्य अखडानजिक गर्‍यो ड्रोन आक्रमण

इरानले खाडी मुलुक बहराइनस्थित अमेरिकी सैन्य अखडामा ड्रोन आक्रमण गरेको दाबी गरेपछि आइतबार बिहान त्यहाँ विस्फोटका आवाज सुनिएका छन्।

सम्भावित सुरक्षा खतरालाई मध्यनजर गर्दै बहराइनका अधिकारीहरूले सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन्।

आइतबार बिहान स्थानीय समय करिब ४ बजे विस्फोटको आवाज सुनिएको थियो। त्यसपछि बिहान ६ः३० बजेतिर पुनः विस्फोट भएको स्थानीय बासिन्दाले बताएका छन्।

घटनापछि सुरक्षा साइरन बजाइएको थियो भने अधिकारीहरूले सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई सतर्क रहन सूचना जारी गरेका थिए।

बहराइनको गृह मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत नागरिकलाई शान्त रहन, नजिकैको सुरक्षित स्थानमा जान र सुरक्षासम्बन्धी जानकारीका लागि आधिकारिक सञ्चारमाध्यमको सूचना पालना गर्न आग्रह गरेको छ।

इरानको सरकारी टेलिभिजनमार्फत सार्वजनिक गरिएको विज्ञप्तिमा इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले बहराइनस्थित अल–रिफ्फा हेलिकप्टर बेसमा रहेको अमेरिकी हवाई रक्षा राडार प्रणालीलाई लक्षित गरी छवटा ड्रोन आक्रमण गरेको दाबी गरेको छ।

गार्डले होर्मुज जलमार्ग बन्द रहेको उल्लेख गर्दै अमेरिकाबाट हुने कुनै पनि आक्रमणको अझ कडा जवाफ दिने चेतावनीसमेत दिएको छ।

इरान र अमेरिका–इजरायलबीच फेब्रुअरी २८ मा सुरु भएको युद्धपछि खाडी क्षेत्रको सुरक्षा अवस्था तनावपूर्ण बनेको छ।

युद्धका क्रममा इरानले होर्मुज जलमार्गबाट हुने जल यातायातमा प्रतिबन्ध लगाउनुका साथै विमानस्थल, बन्दरगाह, ऊर्जा पूर्वाधार र अमेरिकी सैन्य संरचनालाई लक्षित गर्दै आक्रमण गरेको छ।

बहराइनमा अमेरिकाको महत्वपूर्ण नौसैनिक अखडा रहेको छ। यसअघि शुक्रबार पनि इरानी गार्डले बहराइनस्थित अमेरिकी प्रारम्भिक चेतावनी राडार प्रणालीलाई लक्षित गरेको दाबी गरेको थियो।

अमेरिकी सेनाले भने त्यतिबेला आफ्नो क्षेत्रमा लक्षित दुई इरानी ड्रोन खसालेको जनाएको थियो।

अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले उक्त घटनामा कुनै मानवीय क्षति वा भौतिक नोक्सानी नभएको जनाएको थियो।

खाडी क्षेत्रमा बढ्दो सैन्य तनावले विश्वको ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय तेल व्यापारमा समेत असर पार्न सक्ने चिन्ता बढाएको छ।एएफपी

प्रकाशित: २९ कार्तिक २०८३ १४:१५ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
स्ट्रेट अफ होर्मुज आफ्नो पूर्ण नियन्त्रणमा रहेको इरानको दाबी, बहराइनमा रहेको अमेरिकी सैन्य अखडामा ड्रोन आक्रमण

स्ट्रेट अफ होर्मुज आफ्नो पूर्ण नियन्त्रणमा रहेको इरानको दाबी, बहराइनमा रहेको अमेरिकी सैन्य अखडामा ड्रोन आक्रमण

काठमाडौं– इरानले स्ट्रेट अफ होर्मुजमाथि आफ्नो पूर्ण नियन्त्रण कायम रहेको दावी गरेको छ । उसले होर्मुजमाथि नियन्त्रण कायम राख्न र यो मार्ग प्रयोग गर्ने देश तथा कम्पनीहरूलाई आफूसँग समन्वय गर्न बाध्य प...

#इरान #अमेरिकी #सैन्य
Compare →
Onlinekhabar
1h ago
इरानसँग २ हजार ५०० मिसाइल रहेको अमेरिकी गुप्तचरको अनुमान

इरानसँग २ हजार ५०० मिसाइल रहेको अमेरिकी गुप्तचरको अनुमान

अमेरिकी गुप्तचर निकायहरूको इरानसँग अझै १ हजार ५०० देखि २ हजार ५०० वटा मिसाइल रहेको अनुमान गरेका छन् । अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलले यसबारे रिपोर्ट प्रकाशित गरेको छ । अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अखबारले जनाएअनुसार …

#इरान #अमेरिकी
Compare →
Ekantipur
2h ago
इरानमा यात्रुवाहक बस दुर्घटना : कम्तिमा १० को मृत्यु, १८ घाइते

इरानमा यात्रुवाहक बस दुर्घटना : कम्तिमा १० को मृत्यु, १८ घाइते

दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि इलाम तथा छिमेकी खुजेस्तान प्रान्तका अस्पतालमा लगिएको छ

#इरान
Compare →
Arthasansar
3h ago
इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव

इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको आणविक कार्यक्रमबाट उत्पन्न हुन सक्ने खतराको सामना गर्न राष्ट्रिय एकता सरकार गठन गर्न पुनः आह्वान...

#इरान
Compare →

Related Stories

World News
Build #2612