रुस–युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिकाले कूटनीतिक प्रयास तीव्र बनाएको छ । अमेरिकी विशेष दूत जेरेड कुसनरले रुस र युरोपेली देशहरूबिच प्रत्यक्ष संवाद गराउने तथा रुस, युक्रेन र अमेरिकाबिच त्रिपक्षीय वार्ताको अर्को चरणको तयारी भइरहेको बताएका छन् ।
शनिबार सामाजिक सञ्जाल एक्समार्फत उनले अमेरिकी विशेष दूत स्टिभ विटकफसँग मिलेर रुस, युक्रेन र युरोपेली साझेदारहरूसँग निरन्तर छलफल भइरहेको जानकारी दिएका हुन् । उनका अनुसार पछिल्ला वार्तामा शान्ति स्थापनाका लागि केही नयाँ प्रस्तावसमेत अघि सारिएका छन् ।
Read full story at source ( barnanmedia.com )