Trending
Prev Story
Next Story

खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित ४ पदक

Onlinekhabar •
November 15, 2026 • 04:31 AM
2
2 reads 0 reactions

२९ कात्तिक, काठमाडौँ । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले पहिलो रजत पदकसहित चार पदक जितेका छन् । रुसको सिरियसमा शनिबार सम्पन्न प्रतियोगितामा रिवाश राईले रजत तथा ओमराज पुरी, स्नेहा कोइराला र सुयश …

खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित ४ पदक

२९ कात्तिक, काठमाडौँ । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले पहिलो रजत पदकसहित चार पदक जितेका छन् ।

रुसको सिरियसमा शनिबार सम्पन्न प्रतियोगितामा रिवाश राईले रजत तथा ओमराज पुरी, स्नेहा कोइराला र सुयश कोइरालाले कांस्य पदक जितेका हुन् ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईका अनुसार रिवाशले ‘डायमण्ड अफ द टिम’ सम्मानसमेत प्राप्त गरेका छन् । अन्तर्राष्ट्रिय खगोलविज्ञान ओलम्पियाडमा नेपाली विद्यार्थीले रजत पदक जितेको यो पहिलो पटक हो ।

यसै महिना थाइल्यान्डमा सम्पन्न पाँचौँ अन्तर्राष्ट्रिय खगोलविज्ञान तथा खगोलभौतिकी ओलम्पियाड–कनिष्ठमा पनि नेपाली विद्यार्थीले दुई पदक जितेका थिए । प्रतियोगितामा शाहवाज आलमले स्वर्ण र सहज केसीले कांस्य पदक प्राप्त गरेका थिए ।

आलमले जितेको स्वर्ण पदक अन्तर्राष्ट्रिय खगोलविज्ञान ओलम्पियाडमा नेपालको पहिलो स्वर्ण पदक हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
2h ago
रूसमा चम्किए नेपाली विद्यार्थी, रजतसहित चार पदक जिते

रूसमा चम्किए नेपाली विद्यार्थी, रजतसहित चार पदक जिते

अन्तर्राष्ट्रिय खगोलविज्ञान ओलम्पियाडमा नेपाली विद्यार्थीले रजत पदक जितेको यो पहिलो पटक हो।

#ओलम्पियाड #पदक #रजत
Compare →
Hamro Patro News
6d ago
अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपाललाई स्वर्ण पदक

अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपाललाई स्वर्ण पदक

काठमाडौँ । नेपाली विद्यार्थीले पाँचौँ अन्तर्राष्ट्रिय ओलम्पियाड अन एस्ट्रोनोमी एन्ड एस्ट्रोफिजिक्स– कनिष्ठतर्फ स्वर्ण पदक जितेका छन् । थाइल्यान्डको उबोन रात्चाथानीमा यही नोभेम्बर १ देखि ८ सम्म आयो...

#ओलम्पियाड #पदक #नेपाललाई
Compare →

Related Stories

National (Nepal)
Build #2612