राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले आइतबार बिहान महोत्तरी जिल्लाको मटिहानीस्थित लक्ष्मीनारायण मन्दिर तथा प्रसिद्ध जलेश्वरनाथ महादेव मन्दिरमा पूजापाठ गर्नुभएको छ ।
जनकपुरबाट धनुषाको मुसहरनिया हुँदै मटिहानी आइपुग्नुभएका सभापति लामिछानेलाई मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले पुष्पगुच्छा, माला र मटिहानीको मखना दिएर स्वागत गर्नुभएको थियो । सो अवसरमा महोत्तरी क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उज्ज्वल झा, नेता पुरुषोत्तम यादव, बबलु गुप्ता, महोत्तरी क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रमोद महतोलगायतको उपस्थिति रहेको थियो ।
Read full story at source ( gorkhapatraonline.com )