Trending
Prev Story
Next Story

एनपीएलः चितवनलाई कर्णालीले दियो १५४ रनको लक्ष्य, लगातार तेस्रो खेलमा मिलर सस्तैमा आउट

Nagarik News •
November 15, 2026 • 08:31 AM
4
4 reads 0 reactions

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १५३ रनको योगफल तयार पारेको हो।

एनपीएलः चितवनलाई कर्णालीले दियो १५४ रनको लक्ष्य, लगातार तेस्रो खेलमा मिलर सस्तैमा आउट

नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले चितवन राइनोजसामु १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १५३ रनको योगफल तयार पारेको हो।

कर्णालीका लागि हुसैन तलतले नटआउट ५१ रनको योगदान गरे। मात्र ३३ बल खेलेका उनले ३ छक्का र २ चौका प्रहार गरे। अरिफुल इस्लाम ३५, गुल्शन झा १८ र पवन सर्राफ १५ रनमा आउट भए।

लगातार तेस्रो खेलमा डेभिड मिलर चलेनन्। एनपीएलको आफ्नो डेब्यु खेलमा भने मिलरले सुदूरपश्चिम रोएल्सविरुद्ध ५५ बलमा नटआउट ९३ रन बनाएका थिए। पोखरा एभेन्जर्ससँगको खेलमा मात्र ७ रन बनाएका उनी कप्तानको जिम्मेवारी पाएपछि लुम्बनी लायन्ससँगको खेलमा ५ रनमै पवेलियन फर्के। आइतबार पनि उनी चितवनसँग समान ५ रनमा उस्मान मिरको बलमा कुशल मल्लबाट क्याच आउट भए।

चितवनका लागि कमल ऐरी, सलाहुद्दिन खान र उस्मान मिरले समान २ तथा रिजन ढकाल र सिकन्दर राजाले समान एक विकेट लिए।

चितवन यसअघि नै प्लेअफमा प्रवेश गरिसकेको छ भने कर्णाली बाहिरिएको छ। आजको जितले चितवनलाई भने तेस्रो स्थानमा रहँदै  प्लेअफ पुग्ने सम्भावना कायम रहनेछ । तर यसका लागि आजै हुने लिग चरणको अन्तिम खेलमा काठमाडौं गोर्खाज पोखरा एभेन्जर्ससँग पराजित हुनुपर्नेछ ।

प्रकाशित: २९ कार्तिक २०८३ १४:१६ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
24m ago
कर्णालीले चितवनलाई दियो १५४ रनको लक्ष्य, हुसेन तलतको अर्धशतक

कर्णालीले चितवनलाई दियो १५४ रनको लक्ष्य, हुसेन तलतको अर्धशतक

नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार भएको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १५४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित...

#एनपीएल #कर्णाली #चितवन
Compare →
Onlinekhabar
28m ago
हुसेन तलतको अर्धशतकमा कर्णालीले चितवनलाई दियो १५४ रनको लक्ष्य

हुसेन तलतको अर्धशतकमा कर्णालीले चितवनलाई दियो १५४ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार भएको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १५४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले हुसेन तलतको अर्धशतक मद्दतमा निर्धारित २० …

#एनपीएल #कर्णाली #चितवन
Compare →
Ekantipur
2h ago
आइतबारको पहिलो खेलमा चितवन राइनोजविरुद्ध कर्णाली याक्स भिड्दै

आइतबारको पहिलो खेलमा चितवन राइनोजविरुद्ध कर्णाली याक्स भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन अन्तर्गत आज आइतबार हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दै छन् । खेल स्थानीय समयानुसार मध्यान्ह १२ः३० बजे सुरु हुनेछ ।

#एनपीएल #कर्णाली #चितवन
Compare →
Hamro Patro News
8h ago
चितवन–कर्णाली र काठमाण्डु–पोखराबिच अन्तिम स्थान निर्धारणका लागि प्रतिस्पर्धा

चितवन–कर्णाली र काठमाण्डु–पोखराबिच अन्तिम स्थान निर्धारणका लागि प्रतिस्पर्धा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आइतबार दुई खेल हुँदैछन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स आमनेसामने हुने...

#एनपीएल #कर्णाली #चितवन
Compare →

Related Stories

Sports
Build #2612