नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन अन्तर्गत आज आइतबार हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दै छन् । खेल स्थानीय समयानुसार मध्यान्ह १२ः३० बजे सुरु हुनेछ ।
एनपीएलमा आज आइतबारको पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा भईरहेको छ। यो खेलको छिनछिनको अपडेटका लागि कान्तिपुर मिडिया ग्रुपका खेल ब्युरो प्रमुख विनोद पाण्डे, हिमेश बज्राचार्य र सुबास रोकाया कीर्तिपुरस्थित क्रिकेट मैदानको मिडिया सेन्टरमा र सुशील पौडेल डेस्कमा छन् । फोटो पत्रकारहरू हेमन्त श्रेष्ठ र अंगद ढकालले त्यहाँका रोचक दृश्यहरू खिचिरहेका छन् । छिनछिनको अपडेटका लागि हामीसँगै रहनुहोस् ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन लिग चरणमा आफ्नो अन्तिम खेल खेलिरहेको चितवन राइनोजले शुक्रबार पहिले बलिङ गर्ने भएको छ । टीयू क्रिकेट मैदानमा कर्णाली याक्सले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको हो । चितवन यसअघि नै प्ले अफ पुगिसकेको छ र उसको सात अंक रहेको छ । यो खेलको नतिजाले चितवन तेस्रो अथवा चौथोमध्ये कुन स्थानमा रहेर खेल्नेछ भन्ने निर्णय गर्न सक्नेछ । कर्णालीको भने प्रतियोगितामा चुनौती समाप्त भइसकेको छ र लिग चरणको आफ्नो अन्तिम खेलमा प्रतिष्ठाका लागि खेल्दैछ । कर्णालीको चार अंक मात्र छ र पुछारबाट सातौं स्थानमा छ ।