काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणलाई सरकारले औपचारिक स्वीकृति दिएको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको नेतृत्वमा हुने दुईदिने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत भएको जानकारी दिएका हुन्।
प्रधानमन्त्री शाह आगामी मंसिर ६ र ७ गते भारतको दुईदिने राजकीय भ्रमणमा जाने कार्यक्रम छ।
भ्रमणका क्रममा नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध, व्यापार तथा पारवहन सहजीकरण, ऊर्जा सहकार्य र सीमापार पूर्वाधार विकासलगायतका विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ।
विशेषगरी नेपालबाट भारततर्फ विद्युत् निर्यात विस्तार, व्यापारमा देखिएका अवरोध हटाउने तथा दुई देशबीचको आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने विषय भ्रमणका महत्त्वपूर्ण एजेन्डा बन्न सक्नेछन्।
प्रधानमन्त्री शाहको भ्रमणलाई दुई छिमेकी मुलुकबीचको आर्थिक तथा कूटनीतिक सम्बन्धका दृष्टिले महत्त्वपूर्ण मानिएको छ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।