Trending
Prev Story
Next Story

प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत, चीनको २ मिलियन डलर अनुदान स्वीकार

Ekantipur •
November 20, 2026 • 07:32 AM
3
3 reads 0 reactions

भारत भ्रमण स्वीकृतिसँगै बाढीपीडितका लागि चिनियाँ अनुदान, आईएमएफको सहुलियतपूर्ण ऋण तथा सम्पदा र झोलुङ्गे पुलसम्बन्धी नीति पारित भएका छन्।

प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत, चीनको २ मिलियन डलर अनुदान स्वीकार

भारत भ्रमण स्वीकृतिसँगै बाढीपीडितका लागि चिनियाँ अनुदान, आईएमएफको सहुलियतपूर्ण ऋण तथा सम्पदा र झोलुङ्गे पुलसम्बन्धी नीति पारित भएका छन्।

काठमाडौँ — सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ६ र ७ गते हुने प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गर्दै भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलसमेत गठन गर्ने निर्णय गरेको हो ।

त्यस्तै  बैठकले चीन सरकारले भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित जनताको उद्धार तथा राहतका लागि उपलब्ध गराउने २ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट र्‍यापिड क्रेडिट फ्यासिलिटीअन्तर्गत प्राप्त हुने करिब १०७ मिलियन अमेरिकी डलर बराबरको निर्ब्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय पनि भएको छ ।

सरकारले नेपालभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गाको नापजाँच गरी लगत तयार गर्न आदेश जारी गर्ने निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषद् बैठकले राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना (२०२६–२०३०), ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी नम्र्स २०८३ र राष्ट्रिय झोलुङ्गे पुल नीति २०८३ स्वीकृत गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
59m ago
मन्त्रिपरिषद् बैठक : प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत, चीनबाट २ मिलियन डलर अनुदान लिने

मन्त्रिपरिषद् बैठक : प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत, चीनबाट २ मिलियन डलर अनुदान लिने

आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ।

#भ्रमण #भारत #स्वीकृत
Compare →
Onlinekhabar
1h ago
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत

प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त राजकीय भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए । ‘प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा हुने भारतको …

#भ्रमण #भारत #स्वीकृत
Compare →
Hamro Patro News
1h ago
प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण स्वीकृत

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण स्वीकृत

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । सञ्चारमन्त्री विक्रम तिमल्सिनाले शुक्रबार बसेको बैठकले प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत भएको जानकारी दिएका ...

#भ्रमण #भारत #स्वीकृत
Compare →
Arthasansar
1h ago
आइतबार दिउँसो भारत जाँदै प्रधानमन्त्री, यस्तो छ दुई दिने भ्रमण तालिका

आइतबार दिउँसो भारत जाँदै प्रधानमन्त्री, यस्तो छ दुई दिने भ्रमण तालिका

प्रधानमन्त्री बालेन शाह आइतबार दिउँसो १ः४५ बजे भारत प्रस्थान गर्ने भएका छन् । नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत भारत जाने...

#भ्रमण #भारत
Compare →
Bizshala
25m ago
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न सातवटा निर्णय

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न सातवटा निर्णय

काठमाण्डौ । सरकारले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमण स्वीकृत गर्नेदेखि चीन सरकारको अनुदान र...

#भ्रमण #भारत #स्वीकृत
Compare →

Related Stories

World News
Build #2612