Trending
Prev Story
Next Story

आइतबार दिउँसो भारत जाँदै प्रधानमन्त्री, यस्तो छ दुई दिने भ्रमण तालिका

Arthasansar •
November 20, 2026 • 07:07 AM
4
4 reads 0 reactions

प्रधानमन्त्री बालेन शाह आइतबार दिउँसो १ः४५ बजे भारत प्रस्थान गर्ने भएका छन् । नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत भारत जाने...

आइतबार दिउँसो भारत जाँदै प्रधानमन्त्री, यस्तो छ दुई दिने भ्रमण तालिका

प्रधानमन्त्री बालेन शाह आइतबार दिउँसो १ः४५ बजे भारत प्रस्थान गर्ने भएका छन् । नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत भारत जाने प्रधानमन्त्री सोमबार साँझ ६ः३५ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा भारत भ्रमणबारे औपचारिक जानकारी दिइएको हो ।

प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने राजकीय भ्रमणका लागि आइतबार भारत जान लागेका हुन् । परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार प्रधानमन्त्री शाहले मङ्सिर ६ र ७ गते भारतको भ्रमण गर्नेछन् ।

प्रधानमन्त्रीको भ्रमण टोली ३४ सदस्यीय हुनेछ । टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकार तथा विभिन्न मन्त्रालयका उच्च अधिकारी सहभागी हुनेछन् । नयाँदिल्लीस्थित नेपाली राजदूतावासका राजदूतसहित केही सदस्य पनि भ्रमण टोलीमा थपिनेछन् ।

त्यस्तै, भ्रमणका क्रममा निजी क्षेत्रबाट ५२ जना व्यवसायी आफ्नै खर्चमा भारत जानेछन् । भ्रमणको रिपोर्टिङका लागि विभिन्न सञ्चारमाध्यमका पत्रकार पनि आफ्नै खर्चमा भारत जाने मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग मङ्सिर ७ गते प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ । वार्तापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् । प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाह र उनको प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गर्ने औपचारिक मध्याह्नभोजमा पनि उनी सहभागी हुनेछन् ।

भ्रमणकै क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नेछन् । त्यस्तै, आइतबार नै भारतीय विदेशमन्त्री डा. एस जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहले नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धासुमन अर्पण गर्नेछन् । साथै, दुई देशबिच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित विभिन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम पनि तय भएको छ ।

भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरमको छलफल कार्यक्रमसमेत हुनेछ । उक्त कार्यक्रममा प्रधानमन्त्री शाहले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गर्नेछन् । नेपालमा भारतीय लगानी आकर्षित गर्ने, व्यवसायीका चासो र सरोकार सुन्ने तथा लगानी विस्तारका लागि नेपाल सरकारले अवलम्बन गरेका नीतिगत दृष्टिकोण र प्रयासबारे जानकारी गराउने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

दुई देशका प्रधानमन्त्रीबीचको वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल र पूर्वाधारलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ । त्यस्तै, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधनलगायतका क्षेत्रमा विभिन्न समझदारीपत्र आदानप्रदान गर्ने तयारी छ ।  प्रधानमन्त्री शाह स्वदेश फर्किएपछि मङ्सिर ७ गते अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणका विषयवस्तु र उपलब्धिबारे पत्रकार सम्मेलन गरी जानकारी गराउने कार्यक्रम छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
2h ago
प्रधानमन्त्री बालेन आइतबार दिउँसो पौने २ बजे भारत भ्रमणमा जाने

प्रधानमन्त्री बालेन आइतबार दिउँसो पौने २ बजे भारत भ्रमणमा जाने

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाह आइतबार दिउँसो भारत भ्रमणमा जाने भएका छन् । भारत भ्रमणबारे जानकारी दिन परराष्ट्र मन्त्रालयले आज आयोजना गरेको प्रेस ब्रिफिङ अनुसार प्रधानमन्त्री शाह ६ मंसिर अर्थात आइतबार १:४५ बजे नेपाल …

#बालेन-शाह #भारत #आइतबार
Compare →
Hamro Patro News
2h ago
यस्तो छ प्रधानमन्त्री बालेनको भारत भ्रमणको तालिका

यस्तो छ प्रधानमन्त्री बालेनको भारत भ्रमणको तालिका

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको तालिका सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरेर भ्रमणबारे जानकारी दिएको हो । परराष्ट्र सचिव अमृत राईका अनुसार प्रधान...

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Nagarik News
2h ago
प्रधानमन्त्री शाह मंसिर ६ गते भारत भ्रमणमा जाने, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री शाह मंसिर ६ गते भारत भ्रमणमा जाने, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत जाँदै छन्।

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Bizshala
58m ago
प्रधानमन्त्री बालेन शाह ६ गते भारत भ्रमणमा जाने, टोलीमा को–को छन् ?

प्रधानमन्त्री बालेन शाह ६ गते भारत भ्रमणमा जाने, टोलीमा को–को छन् ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नोभेम्बर २२ देखि २३...

#बालेन-शाह #भ्रमण #भारत
Compare →
Ekantipur
1h ago
प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत, चीनको २ मिलियन डलर अनुदान स्वीकार

प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत, चीनको २ मिलियन डलर अनुदान स्वीकार

भारत भ्रमण स्वीकृतिसँगै बाढीपीडितका लागि चिनियाँ अनुदान, आईएमएफको सहुलियतपूर्ण ऋण तथा सम्पदा र झोलुङ्गे पुलसम्बन्धी नीति पारित भएका छन्।

#भारत #भ्रमण
Compare →

Related Stories

Politics & Governance
Build #2612