Trending
Prev Story
Next Story

बलिउड फिल्म ‘मैसा’को प्रदर्शन तत्काललाई स्थगित, नयाँ रिलिज मितिबारे रश्मिका अनभिज्ञ

Nagarik News •
November 22, 2026 • 12:21 PM
5
5 reads 0 reactions

रोचक कुरा के छ भने रश्मिका मन्दानालाई समेत फिल्मको नयाँ रिलिज मितिबारे जानकारी छैन।

बलिउड फिल्म ‘मैसा’को प्रदर्शन तत्काललाई स्थगित, नयाँ रिलिज मितिबारे रश्मिका अनभिज्ञ

दक्षिण भारतीय सिनेमाकी लोकप्रिय अभिनेत्री रश्मिका मन्दाना यतिबेला आफ्नो आगामी फिल्म ‘मैसा’ लाई लिएर चर्चामा छिन्। दर्शकहरू यस फिल्मको प्रतीक्षामा थिए भने रश्मिकाले पनि फिल्मको प्रचारप्रसार सुरु गरिसकेकी थिइन्।

फिल्म आगामी नोभेम्बर २७ मा सिनेमा हलमा रिलिज हुने तयारीमा थियो। तर रिलिज हुनुभन्दा पाँच दिनअघि नै निर्माताहरूले फिल्मको रिलिज मिति स्थगित गर्ने घोषणा गरेका छन्। रोचक कुरा के छ भने रश्मिका मन्दानालाई समेत फिल्मको नयाँ रिलिज मितिबारे जानकारी छैन।

फिल्मका निर्माता तथा निर्देशक रविन्द्र पुल्लेले आइतबार इन्स्टाग्राममा संयुक्त वक्तव्य जारी गर्दै फिल्मको रिलिज स्थगित भएको जानकारी दिएका हुन्।

वक्तव्यमा निर्माताहरूले तेलुगु सिनेमा अहिले निकै रोमाञ्चक चरणबाट गुज्रिरहेको बताएका छन्। उत्कृष्ट प्रविधि र कलात्मक प्रस्तुतिमार्फत फिल्महरूले निरन्तर नयाँ मापदण्ड स्थापित गरिरहेको उनीहरूको भनाइ छ।

निर्माताका अनुसार ‘मैसा’ लाई पनि विशेष तथा प्राविधिक रूपमा उत्कृष्ट एक्सन फिल्मका रूपमा तयार पारिएको छ। दर्शकलाई ठूलो पर्दामा फरक र विशेष अनुभव दिने उद्देश्यले फिल्म निर्माण गरिएको हो।

फिल्म निर्माणको यही उद्देश्य र गुणस्तरमा कुनै सम्झौता नहोस् भन्ने हेतुले नोभेम्बर २७ को रिलिज मिति पछि सार्ने सामूहिक निर्णय गरिएको निर्माताहरूले बताएका छन्।

यद्यपि, फिल्मको नयाँ रिलिज मिति भने सार्वजनिक गरिएको छैन। निर्माताहरूले चाँडै नै नयाँ मिति घोषणा गर्ने र दर्शकले धेरै समय कुर्नु नपर्ने बताएका छन्।

निर्माताहरूले फिल्मको रिलिज स्थगित भएको घोषणा गरेपछि रश्मिका मन्दानाले पनि आफ्नो इन्स्टाग्राम स्टोरीमा उक्त वक्तव्य साझा गरेकी छन्।

उनले रमाइलो शैलीमा आफूलाई समेत फिल्मको नयाँ रिलिज मिति थाहा नभएको बताएकी छन्।

रश्मिकाले लेखेकी छन्, ‘लाग्छ, फिल्मको रिलिज मिति पछाडि सारिँदै छ। कहिले रिलिज हुन्छ भन्ने मलाई थाहा छैन। तर, मलाई थाहा हुनेबित्तिकै तपाईंहरूलाई पनि अवश्य जानकारी दिनेछु।’

फिल्ममा रश्मिका मन्दानासँगै ईश्वरी राव, राहुल रविन्द्रन, समुद्रखनी, राव रमेश, शिवा कन्दुकुरी, कार्तिक रञ्जिनी, तारक पोन्नप्पा र निधि सिंहलगायत कलाकारहरूको अभिनय रहेको छ।

प्रकाशित: ६ मंसिर २०८३ १८:०६ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2d ago
सलमान खानको बहुप्रतीक्षित फिल्म ‘मातृभूमि’ सेन्सर पास, आगामी डिसेम्बर ४ मा प्रदर्शन हुने

सलमान खानको बहुप्रतीक्षित फिल्म ‘मातृभूमि’ सेन्सर पास, आगामी डिसेम्बर ४ मा प्रदर्शन हुने

मुम्बई । बलिउड अभिनेता सलमान खानको लामो समयदेखि रोकिएको फिल्म ‘मातृभूमि: मे वार रेस्ट इन पिस’ ले सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसन (सीबीएफसी) बाट प्रदर्शनको स्वीकृति पाएको छ । सीबीएफसीको मुम्बई ...

#फिल्म #प्रदर्शन
Compare →
Bizshala
5d ago
भाटभटेनीको २४ घण्टे सेवा सञ्चालन गर्ने योजना तत्काललाई स्थगित

भाटभटेनीको २४ घण्टे सेवा सञ्चालन गर्ने योजना तत्काललाई स्थगित

काठमाण्डौ । भाटभटेनी सुपरमार्केटले काठमाण्डौको टंगालस्थित स्टोरमा २४ घण्टा ग्रोसरी सेवा सञ्चालन गर्ने योजना तत्कालका...

#स्थगित #तत्काल
Compare →
Ekantipur
12h ago
फिल्म ‘जलाकी’ : बासी कथा, बल्झिएको पटकथा

फिल्म ‘जलाकी’ : बासी कथा, बल्झिएको पटकथा

‘जलाकी’ पनि उही कमजोर पटकथाको मारमा परेको छ। फिल्ममा दर्शकलाई आकर्षित गर्ने न चुस्त पटकथा छ, न त विश्वस्त पार्ने कथा नै । न पात्रहरूको उद्देश्य, न रूपान्तरण नै । छन् त केवल शृङ्खलाबद्ध पट्यारलाग्दो घटनाक्रम ।

#फिल्म
Compare →
Arthasansar
2d ago
विद्यतु खरिद सम्झौताको प्रारूप : हाललाई स्थगित, पीपीएको विषय इप्पानसँग छलफल गरेर मात्रै अघि बढाइने

विद्यतु खरिद सम्झौताको प्रारूप : हाललाई स्थगित, पीपीएको विषय इप्पानसँग छलफल गरेर मात्रै अघि बढाइने

नेपाल विद्युत प्राधिकरणले तयार पारेको विद्यत खरिद सम्झौता (पीपीए) को प्रारुप हाललाई स्थगित भएको छ । ऊर्जा मन्त्री विरोज भक्त...

#स्थगित
Compare →
Onlinekhabar
6d ago
हिन्दी फिल्महरू बक्स अफिसमा किन असफल भइरहेका छन् ?

हिन्दी फिल्महरू बक्स अफिसमा किन असफल भइरहेका छन् ?

बक्स अफिसमा फिल्म असफल हुनु, दर्शकले एउटै ढर्राका फिल्म अस्वीकार गर्नु, दक्षिण भारतीय फिल्मको रिमेकले दर्शकसँग सम्बन्ध स्थापित गर्न नसक्नु र फिल्मको पटकथा लेखनमा कलाकारका व्यवस्थापकहरूको हस्तक्षेप बढ्नु अहिले हिन्दी फिल्म उद्योगका प्रमुख समस्या मानिएका …

#फिल्म
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612