Trending
Prev Story
Next Story

१६०० करोड भारु कमाउने पाँचौँ भारतीय फिल्म बन्यो ‘रामायण’

Nagarik News •
November 22, 2026 • 06:14 AM
4
4 reads 0 reactions

‘रामायण’ विश्वभर १ हजार ६ सय करोड वा सोभन्दा बढी कमाइ गर्ने पाँचौँ भारतीय फिल्म बनेको छ।

१६०० करोड भारु कमाउने पाँचौँ भारतीय फिल्म बन्यो ‘रामायण’

बलिउड निर्देशक नितेश तिवारीको प्रदर्शनमा रहेको फिल्म ‘रामायण’ ले १७औँ दिनको कमाइपछि विश्वभर कुल १,६१६.७० करोड भारुको ग्रस कलेक्सन गरेको छ।

यससँगै ‘रामायण’ विश्वभर १ हजार ६०० करोड वा सोभन्दा बढी कमाइ गर्ने पाँचौँ भारतीय फिल्म बनेको छ।

सैकनिल्कको तथ्यांकअनुसार फिल्मले १७औँ दिन विदेशमा १० करोडको ग्रस कलेक्सन गरेको छ। यससँगै फिल्मको विदेशमा भएको कुल कमाइ ५३३ करोड भारु पुगेको छ।

त्यस्तै, भारतमा फिल्मको नेट कलेक्सन ९०६.९० करोड पुगेको छ भने भारतको ग्रस कलेक्सन १,०८३.७० करोड भएको छ।

फिल्मले प्रदर्शनको १७औँ दिन भारतमा २७.४० करोडको नेट कलेक्सन गरेको छ। यस दिन देशभर फिल्मका १५,८५१ शो सञ्चालन भएका थिए।

यीमध्ये हिन्दी संस्करणले सबैभन्दा धेरै २०.२५ करोड कमाएको छ। हिन्दी संस्करणका १३,५५३ शो भएका थिए।

मलयालम संस्करणले ८३८ शोबाट २.७५ करोड कमाएको छ। तमिल संस्करणले ६०१ शोबाट २ करोडको कलेक्सन गरेको छ।

कन्नड संस्करणले ४११ शोबाट १.६५ करोड कमाएको छ। त्यस्तै, तेलुगु संस्करणले ४४८ शोबाट ७५ लाख कमाएको छ।

१७औँ दिन फिल्मले प्रत्येक शोबाट औसत १७,२८६ कमाएको थियो।फिल्म ‘रामायण’ मा रणवीर कपूरले भगवान् राम, साई पल्लवीले सीता र यशले रावणको भूमिका निर्वाह गरेका छन्।

फिल्मको निर्देशन नितेश तिवारीले गरेका हुन् भने नमित मल्होत्राले निर्माण गरेका हुन्।

प्रकाशित: ६ मंसिर २०८३ ११:५९ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
5d ago
‘रामायण’ले तोड्यो ‘आरआरआर’को रेकर्ड, विश्वव्यापी कमाइ कति ?

‘रामायण’ले तोड्यो ‘आरआरआर’को रेकर्ड, विश्वव्यापी कमाइ कति ?

मुम्बई । फिल्म ‘रामायण’को कमाइमा सोमबार केही गिरावट आए पनि बक्स अफिसमा भने यसले नयाँ कीर्तिमान रचेको छ । भारतीय बक्स अफिसमा यसले ‘आरआरआर’को रेकर्ड तोडेको छ भने विश्वव्यापी कमाइमा यो ‘पुष्पा २’को नज...

#फिल्म #रामायण
Compare →
Ekantipur
3h ago
‘रामायण’ फिल्ममाथि प्रतिबन्ध लगाउन विश्व हिन्दु परिषदको माग

‘रामायण’ फिल्ममाथि प्रतिबन्ध लगाउन विश्व हिन्दु परिषदको माग

महर्षि वाल्मीकि रचित रामायणको मूल कथामा तोडमोड गरिएको र रावणको चरित्रको महिमागान गरि फिल्म बनाइएको आरोप लगाउँदै यसको सेन्सर प्रमाणपत्र रद्द गरी प्रदर्शनमा तत्काल प्रतिबन्ध लगाउन माग गरिएको हो ।

#रामायण #फिल्म
Compare →
Onlinekhabar
3d ago
रावणकी पत्नी मन्दोदरी : सुन्दर, सौम्य र विवेकी

रावणकी पत्नी मन्दोदरी : सुन्दर, सौम्य र विवेकी

अहिले ‘रामायण’ फिल्मको चर्चा चुलिएको छ । पर्दामा राम बनेका छन्, रणवीर कपुर । बलिउडका सुपरस्टार रणवीरको नाम मात्रै काफी छ, फिल्मप्रति दर्शकको चासो बढाउन । अनि रणवीरको अगाडि उभिएका छन्, यश । ‘रकिङ स्टार’ यश । पर्दामा …

#फिल्म #रामायण
Compare →

Related Stories

World News
Build #2612