मुम्बई । फिल्म ‘रामायण’को कमाइमा सोमबार केही गिरावट आए पनि बक्स अफिसमा भने यसले नयाँ कीर्तिमान रचेको छ । भारतीय बक्स अफिसमा यसले ‘आरआरआर’को रेकर्ड तोडेको छ भने विश्वव्यापी कमाइमा यो ‘पुष्पा २’को नजिक पुगेको छ ।
नितेश तिवारीको निर्देशन रहेको फिल्म रणवीर कपुर, यश र साई पल्लवीको मुख्य भूमिका छ । आइतबार (एघारौँ दिन) ७५ करोड भारु संकलन गरेको फिल्मले सोमबार (१२औँ दिन)मा कमाइमा गिरावट देखिएको छ । १२औँ दिन सोमबार फिल्मले ३२ करोड भारु कमाएको छ। यससँगै भारतमा ‘रामायण’को कुल नेट कमाइ ७९३.०५ करोड छ।
Read full story at source ( ratopati.com )