Trending
Prev Story
Next Story

प्रधानमन्त्री बालेनलाई एमालेको सुझाव : लम्पसारवादको नयाँ संस्करण बोकेर नफर्कनुहोला

Nagarik News •
November 22, 2026 • 06:42 AM
3
3 reads 0 reactions

नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण सफलताको शुभकामना दिँदै राष्ट्रिय स्वाभिमान र सार्वभौमिकतालाई ख्याल गर्न सुझाव दिएका छन्।

प्रधानमन्त्री बालेनलाई एमालेको सुझाव : लम्पसारवादको नयाँ संस्करण बोकेर नफर्कनुहोला

नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण सफलताको शुभकामना दिँदै राष्ट्रिय स्वाभिमान र सार्वभौमिकतालाई ख्याल गर्न सुझाव दिएका छन्।

उनले महत्त्वपूर्ण विदेश भ्रमणअघि संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल र राष्ट्रपतिसँग संवाद गर्नुपर्ने भए पनि त्यसो नगरिएको भन्दै असन्तुष्टि जनाएका छन्।

आचार्यले सीमा तथा भूभागसम्बन्धी विषयमा नेपालको स्थापित अडान, ऐतिहासिक प्रमाण र राष्ट्रिय सहमतिअनुसार स्पष्ट तथा जिम्मेवार प्रस्तुति दिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।

उनले भनेका छन्, 'नेपालले पनि भारतको जग्गा मिचेको छ भन्ने अभिव्यक्ति दिनुपर्ने परिस्थिति नआओस्। लम्पसारवादको नयाँ संस्करण बोकेर नफर्कनुहोला।'

आचार्यले घोषणापत्रमा उल्लेख गरिएका रोजगारीका सपना, बहुपक्षीय कूटनीति र राष्ट्रिय हितका प्रतिबद्धता भाषण र प्रचारमा मात्र सीमित हुन नहुने बताएका छन्।

'घोषणापत्रमा उल्लेख गरिएका रोजगारीका सपना, बहुपक्षीय कूटनीति र राष्ट्रिय हितका प्रतिबद्धता केवल भाषण र प्रचारका विषय नबनून्,' उनले भने।

प्रधानमन्त्रीको भ्रमणले नेपालको स्वाभिमान उँचो राख्दै दुई देशबीच विश्वास बढाउन र नेपाली जनताका अपेक्षा सम्बोधन गर्ने ठोस आधार तयार गर्नुपर्ने उनको भनाइ छ।

'यहाँको भ्रमणले नेपालको स्वाभिमान उँचो राख्दै दुई देशबीच विश्वास बढाओस् र नेपाली जनताका अपेक्षा सम्बोधन गर्ने ठोस आधार तयार गरोस्,' सामाजिक सञ्जालमार्फत उनले भने।

उनले भ्रमणबाट फर्किएपछि उपलब्धि र समझदारीबारे संसद् तथा जनतालाई जानकारी गराउन पनि प्रधानमन्त्रीलाई आग्रह गरेका छन्। 'फर्किएपछि भ्रमणका उपलब्धि र समझदारीबारे संसद् तथा जनतालाई जानकारी गराउनुहुने अपेक्षासहित सफल र फलदायी यात्राको शुभकामना!' उनले भने।

प्रकाशित: ६ मंसिर २०८३ १२:२७ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
43m ago
प्रधानमन्त्री बालेन भारत भ्रमणमा निस्किएपछि विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

प्रधानमन्त्री बालेन भारत भ्रमणमा निस्किएपछि विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) औपचारिक भारत भ्रमणमा जाने भएपछि ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले...

#बालेन-शाह #भारत #बालेन
Compare →
Arthasansar
1h ago
प्रधानमन्त्री बालेनको स्वागतमा सजियो नयाँदिल्ली,नेपाली भाषामा पनि स्वागत सन्देश

प्रधानमन्त्री बालेनको स्वागतमा सजियो नयाँदिल्ली,नेपाली भाषामा पनि स्वागत सन्देश

दुईदिने राजकीय भ्रमणका लागि आज भारत प्रस्थान गर्न लागेका प्रधानमन्त्री वालेन्द्र शाहको स्वागतमा भारतको राजधानी नयाँ दिल्लीलाई सजाइएको छ ।...

#बालेन-शाह #भारत #बालेन
Compare →
Hamro Patro News
1h ago
बालेन-मोदी भेटको तयारीमा यस्तो देखियो नयाँदिल्ली (फोटोफिचर)

बालेन-मोदी भेटको तयारीमा यस्तो देखियो नयाँदिल्ली (फोटोफिचर)

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारतको राजकीय भ्रमणलाई लक्षित गर्दै भारतको राजधानी नयाँदिल्लीका विभिन्न क्षेत्र सजाइएको छ। प्रधानमन्त्री शाहको स्वागतका लागि दिल्लीका विभिन्न स्थानम...

#बालेन-शाह #भारत #बालेन
Compare →

Related Stories

Politics & Governance
Build #2612