Trending
Prev Story
Next Story

राष्ट्रपति पौडेललाई पनि नभेटी दिल्ली जाँदै प्रधानमन्त्री शाह

Nagarik News •
November 22, 2026 • 06:52 AM
3
3 reads 0 reactions

विगतमा प्रधानमन्त्रीहरू विदेश भ्रमणमा जानुअघि राष्ट्रपतिलाई भेटेर भ्रमणको उद्देश्य, एजेन्डा र राष्ट्रिय हितका विषयमा जानकारी गराउने अभ्यास रहँदै आएको थियो।

राष्ट्रपति पौडेललाई पनि नभेटी दिल्ली जाँदै प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाह भारतको राजकीय भ्रमणमा निस्कन लागे पनि भ्रमणअघि राष्ट्रपति रामचन्द्र पौडेल, पूर्वप्रधानमन्त्री तथा राजनीतिक दलका नेताहरूसँग कुनै औपचारिक छलफल नगरेको पाइएको छ।

विगतमा प्रधानमन्त्रीहरू विदेश भ्रमणमा जानुअघि राष्ट्रपतिलाई भेटेर भ्रमणको उद्देश्य, एजेन्डा र राष्ट्रिय हितका विषयमा जानकारी गराउने अभ्यास रहँदै आएको थियो। प्रधानमन्त्री शाहले यसपटक उक्त परम्परा पालना गरेका छैनन्।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले प्रधानमन्त्रीले भारत भ्रमणबारे राष्ट्रपतिलाई ब्रिफिङ गरेको जानकारी आफूलाई नभएको बताएका छन्। यसअघि संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाँदासमेत शाहले राष्ट्रपतिलाई जानकारी गराएका थिएनन्।

त्यस्तै, पूर्वप्रधानमन्त्रीहरूसँग परामर्श गर्ने अभ्यासलाई पनि उनले निरन्तरता दिएका छैनन्। यसप्रति प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले असन्तुष्टि जनाएको छ।

कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले महत्वपूर्ण वैदेशिक भ्रमणअघि राष्ट्रिय हितका विषयमा साझा धारणा बनाउन प्रतिपक्षीलगायत राजनीतिक दलसँग छलफल गर्नु लोकतान्त्रिक परम्परा भएको बताएका छन्। कांग्रेसले प्रधानमन्त्रीको भ्रमण सफलताको शुभकामना दिँदै आवश्यक सुझावसमेत दिएको छ।

प्रधानमन्त्री शाह ३४ सदस्यीय टोलीको नेतृत्व गर्दै आज नयाँदिल्ली प्रस्थान गर्दैछन्। भ्रमणका क्रममा मंसिर ७ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ।

वार्तामा व्यापार, पारवहन, ऊर्जा, लगानी, पूर्वाधार, सम्पर्क सञ्जाल विस्तार तथा आर्थिक सहकार्यका विषयमा छलफल हुने कार्यक्रम छ।

प्रकाशित: ६ मंसिर २०८३ १२:३७ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
7h ago
प्रधानमन्त्री शाह आज भारत भ्रमणमा जाँदै

प्रधानमन्त्री शाह आज भारत भ्रमणमा जाँदै

भ्रमणका क्रममा राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटवार्ता, प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता तथा ऊर्जा र सम्पर्कसम्बन्धी कार्यक्रम हुनेछन्।

#भ्रमण #शाह #जाँदै
Compare →
Hamro Patro News
18h ago
प्रधानमन्त्री शाह आइतबार भारतको राजकीय भ्रमणमा जाँदै

प्रधानमन्त्री शाह आइतबार भारतको राजकीय भ्रमणमा जाँदै

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह आइतबार दिउँसो भारतको राजकीय भ्रमणमा जाने भएका छन् । शाह प्रधानमन्त्री भइसकेपछि पहिलो पटक छिमेकी मुलुकको राजकीय भ्रमणमा जान लागेका हुन् । भारतीय प्रधानमन्त्री ...

#भ्रमण #शाह #जाँदै
Compare →
Arthasansar
4h ago
प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी नयाँ दिल्ली जान लागेका हुन्...

#भ्रमण #जाँदै #शाह
Compare →
Bizshala
6h ago
प्रधानमन्त्री भारतको राजकीय भ्रमणमा जाँदै, व्यापारका विषयमा छलफल हुने

प्रधानमन्त्री भारतको राजकीय भ्रमणमा जाँदै, व्यापारका विषयमा छलफल हुने

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आज दिउँसो दुईदिने...

#भ्रमण #जाँदै
Compare →

Related Stories

Politics & Governance
Build #2612