Trending
Prev Story
Next Story

इन्डोनेसियाको मिठाई कारखानामा आ’गलागी हुँदा तीन जनाको मृ’त्यु, ३६ बेपत्ता

Nagarik News •
November 22, 2026 • 07:03 AM
3
3 reads 0 reactions

इन्डोनेसियाको राजधानी जकार्ताको पश्चिममा रहेको एक मिठाई उत्पादन गर्ने कारखानामा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता भएका छन्।

इन्डोनेसियाको मिठाई कारखानामा आ’गलागी हुँदा तीन जनाको मृ’त्यु, ३६ बेपत्ता

इन्डोनेसियाको राजधानी जकार्ताको पश्चिममा रहेको एक मिठाई उत्पादन गर्ने कारखानामा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता भएका छन्।

स्थानीय उद्धार अधिकारीका अनुसार शनिबार दिउँसो सेराङ जिल्लास्थित फोनुसा अगुङ मुलिया कारखानामा आगलागी भएको हो। उक्त स्थान राजधानी जकार्ताबाट करिब ५० किलोमिटर पश्चिममा पर्दछ।

आगलागीमा परी चार जना घाइते भएका छन्। उनीहरूलाई नजिकैको अस्पताल तथा स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको उद्धार अधिकारी रिज्की द्वियान्तोले जानकारी दिए।

उनका अनुसार बेपत्ताहरूको खोजीका लागि उद्धार टोली परिचालन गरिएको छ। उद्धार कार्यमा संलग्न कर्मचारीको सुरक्षालाई प्राथमिकता दिँदै खोजी तीव्र पारिएको उनले बताए।

आगलागीबाट कारखानाको ठूलो भाग ध्वस्त भएको छ। भवनको छाना केही स्थानमा भत्किएको छ भने घटनास्थलबाट अझै धुवाँ निस्किरहेको दृश्य सार्वजनिक भएका छन्।

स्थानीय अग्नि नियन्त्रण अधिकारी टुबागुस मचफुज्दका अनुसार शनिबार अपराह्न ४ः३० बजे आगलागीको सूचना प्राप्त भएको थियो।

दमकल घटनास्थल पुग्दा भवनको ठूलो भाग आगोको चपेटामा परिसकेको थियो।

बान्तेन प्रान्तका गभर्नर आन्द्रा सोनीले आगलागी हुँदा कारखानाभित्र करिब ६० जना रहेको अनुमान गरिएको बताए। आगलागीको कारणबारे अनुसन्धान भइरहेको स्थानीय विपद् व्यवस्थापन निकायले जनाएको छ।

इन्डोनेसियामा औद्योगिक तथा भवनमा हुने आगलागीका घटना यसअघि पनि भएका छन्।

गत वर्ष डिसेम्बरमा जकार्ताको साततले भवनमा आगलागी हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको थियो।

सन् २०२३ मा निकेल प्रशोधन कारखानामा भएको विस्फोटमा १३ जनाको ज्यान गएको थियो।

प्रकाशित: ६ मंसिर २०८३ १२:४८ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
इन्डोनेसियाको मिठाई कारखानामा आगलागी हुँदा तीन जनाको मृत्यु, ३६ जना बेपत्ता

इन्डोनेसियाको मिठाई कारखानामा आगलागी हुँदा तीन जनाको मृत्यु, ३६ जना बेपत्ता

इन्डोनेसियाको मिठाई कारखानामा आगलागी हुँदा तीन जनाको मृत्यु, ३६ जना बेपत्ता स्थानीय उद्धार अधिकारीका अनुसार शनिबार दिउँसो सेराङ जिल्लास्थित फोनुसा अगुङ मुलिया कारखानामा आगलागी भएको हो मंसिर ६, २०...

#कारखाना #आगलागी #इन्डोनेसिया
Compare →
Bizshala
25m ago
रसुवा–भोटेकोशी बाढीमा बेपत्ता थप ७४० जनाको विवरण सार्वजनिक, ७ दिनभित्र दाबी पेश गर्न आग्रह

रसुवा–भोटेकोशी बाढीमा बेपत्ता थप ७४० जनाको विवरण सार्वजनिक, ७ दिनभित्र दाबी पेश गर्न आग्रह

काठमाण्डौ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा–भोटेकोशी बाढीमा बेपत्ता भएका थप ७४०...

#जनाको #बेपत्ता
Compare →
Ekantipur
1h ago
माछा मार्ने क्रममा करेन्ट लाग्दा झापामा एक जनाको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लाग्दा झापामा एक जनाको मृत्यु

गत भदौमा किस्ने खोलामै करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको थियो ।

#जनाको #त्यु
Compare →
Onlinekhabar
1d ago
भारतको राजस्थानमा गाडी दुर्घटना हुँदा एकै परिवारका ९ जनाको मृत्यु

भारतको राजस्थानमा गाडी दुर्घटना हुँदा एकै परिवारका ९ जनाको मृत्यु

६ मंसिर, काठमाडौं । भारतको राजस्थानस्थित कोटामा भक्तजन बोकेको एउटा गाडी सडक छेउमा पार्क गरिएको ट्रकसँग ठोक्किँदा एकै परवारका ९ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार दुर्घटनामा नौ जनाको मृत्यु भएको छ भने …

#जनाको #त्यु
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612