Trending
Prev Story
Next Story

आजबाट हलहरूमा फिल्म 'जलाकी'

Ekantipur •
November 20, 2026 • 06:03 AM
3
3 reads 0 reactions

अशोक थापा मगर निर्देशित प्रेमकथामा उपासना सिंह ठकुरी र सोनम तोप्देन मुख्य भूमिकामा छन्, भने निर्देशकका रूपमा यो उनको दोस्रो फिल्म हो।

आजबाट हलहरूमा फिल्म 'जलाकी'

अशोक थापा मगर निर्देशित प्रेमकथामा उपासना सिंह ठकुरी र सोनम तोप्देन मुख्य भूमिकामा छन्, भने निर्देशकका रूपमा यो उनको दोस्रो फिल्म हो।

काठमाडौँ — अशोक थापा मगर निर्देशित फिल्म ‘जलाकी’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । प्रेमकथामा बनेको यो फिल्ममा  उपासना सिंह ठकुरी र सोनम तोप्देन मुख्य भूमिकामा छन् ।

साथै शिल्पा मास्के, साहारा हाङ्मा लिम्बू, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, रजनी गरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन र विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा, रिन्सी धनहा मगरको अभिनय फिल्ममा देख्न पाइन्छ ।

निर्देशक मगरको यो दोस्रो फिल्म हो ।  यसअघि उनले ‘खुस्मा’निर्देशन गरेका थिए ।

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘जलाकी’लाई ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर, बबिता राना, मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकीले संयुक्त रुपमा निर्माण गरेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4d ago
सुनिल थापाको अन्तिम चलचित्र ‘हिमालयन गोल्ड’मा कर्माको फरक अवतार

सुनिल थापाको अन्तिम चलचित्र ‘हिमालयन गोल्ड’मा कर्माको फरक अवतार

काठमाडौं । अभिनेता कर्मा कमै फिल्ममा मात्र नकारात्मक भूमिकामा देखिएका छन् । तर जतिमा देखिएका छन्, ती भूमिका दर्शकले उत्तिकै मनपराइरहेका छन् । यिनै कर्मा आगामी मंसिर ४ गतेबाट रिलिज हुने फिल्म ‘हिमाल...

#फिल्म #भूमिका
Compare →
Nagarik News
2d ago
ग्लोबल फिल्म फेस्टिभल: विश्वभरबाट ५०० बढी चलचित्र प्राप्त

ग्लोबल फिल्म फेस्टिभल: विश्वभरबाट ५०० बढी चलचित्र प्राप्त

आगामी सन् २०२७ फेब्रुअरी १९ देखि २२ (फागुन ७ देखि १० गते) सम्म काठमाडौंमा आयोजना हुने नेपाल ग्लोबल फिल्म फेस्टिभल (एनजिएफएफ) २०२७ को पहिलो संस्करणमै विश्वभरबाट ५०० भन्दा बढी चलचित्र प्राप्त भएका छन्।

#फिल्म
Compare →
Onlinekhabar
3d ago
हिन्दी फिल्महरू बक्स अफिसमा किन असफल भइरहेका छन् ?

हिन्दी फिल्महरू बक्स अफिसमा किन असफल भइरहेका छन् ?

बक्स अफिसमा फिल्म असफल हुनु, दर्शकले एउटै ढर्राका फिल्म अस्वीकार गर्नु, दक्षिण भारतीय फिल्मको रिमेकले दर्शकसँग सम्बन्ध स्थापित गर्न नसक्नु र फिल्मको पटकथा लेखनमा कलाकारका व्यवस्थापकहरूको हस्तक्षेप बढ्नु अहिले हिन्दी फिल्म उद्योगका प्रमुख समस्या मानिएका …

#फिल्म
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612