Trending
Prev Story
Next Story

दयाहाङ अभिनित दुई फिल्म बक्स अफिसमा अगाडि

Ekantipur •
November 16, 2026 • 08:32 AM
3
3 reads 0 reactions

अन्य सिक्वेलहरूको व्यापार कमजोर देखिएको समयमा दयाहाङका दुवै फिल्मले राम्रो कमाइ गर्दै २०८३ साललाई उनका लागि सुखद बनाएका छन्।

दयाहाङ अभिनित दुई फिल्म बक्स अफिसमा अगाडि

अन्य सिक्वेलहरूको व्यापार कमजोर देखिएको समयमा दयाहाङका दुवै फिल्मले राम्रो कमाइ गर्दै २०८३ साललाई उनका लागि सुखद बनाएका छन्।

काठमाडौँ — भदौयता प्रदर्शन भएका चलचित्रहरूमध्ये अभिनेता दयाहाङको मुख्य भूमिका रहेका फिल्महरूले बक्स अफिसमा अग्रता लिएका छन् ।

चलचित्र विकास बोर्डले सोमबार जारी गरेको बक्स अफिस रिपोर्टमा दयाहाङ अभिनित दुई फिल्म ‘कबड्डी ५’ र ‘पेन्सन पट्टा’  व्यावसायिक हिसाबमा अगाडि देखिन्छन् ।

रामबाबु गुरुङ निर्देशित ‘कबड्डी ५’ले हालसम्म १२ करोड ९४ लाख १५ हजार ४ सय ३७ रुपैयाँ व्यापार गरेको छ भने माओत्से गुरुङ निर्देशित ‘पेन्सन पट्टा’ले १० करोड ३५ लाख ७८ हजार ४ सय ७८ रुपैयाँ कमाएको छ ।‘कबड्डी’ कात्तिक ६ गतेबाट प्रदर्शनमा आएको थियो भने ‘पेन्सन पट्टा’ भदौ २६बाट ।

हालै रिलिज भएको वसन्त निरौला निर्देशित ‘पाँच पाण्डव’को व्यापार भने कमजोर देखिन्छ । फिल्मले हालसम्म ४३ लाख ५० हजार ४ सय ९३ व्यापार गरेको छ ।

दशैंमा प्रदर्शन भएका तिनै फिल्महरूको व्यापार पनि अपेक्षाकृत रहेन । चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा २’ले ६ करोड ८१ लाख ६७ हजार ३ सय १२ रुपैयाँ कमाएको छ । दीपेन्द्र लामा निर्देशित फिल्म ‘छ माया छपक्कै २’ले  ३ करोड ४३ लाख १७ हजार ४५ रुपैयाँ व्यापार गरेको छ । विराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ २’ले २ करोड ३२ लाख ९६ हजार ३ सय ७१ रुपैयाँ व्यापार गरेको छ ।

यसपालि अरु सिक्वेलहरु व्यापारमा कमजोर देखिँदा ‘कबड्डी’ भने नाफाको बाटोमा छ । यसअघिका चार शृङ्खला पनि व्यापारिक हिसाबमा सफल छन् । चौथो शृङ्खलाको तुलनामा भने ‘कबड्डी ५’को व्यापार भने कमजोर छ । २०७९ मा प्रदर्शन भएको अघिल्लो शृङ्खलाले २२ करोड माथिको व्यापार गरेको थियो ।

हिन्दी फिल्म ‘रामायण’ १९ गते प्रदर्शन हुनुभन्दा अघि फिल्मको व्यापार उकालो लागिरहेको थियो । ‘रामायण’पछि भने व्यापार ओरालो लाग्दै गयो । यद्यपि दयाहाङको लागि भने दुई फिल्म व्यावसायिक हिसाबले सफल हुनुले ०८३ साल सुखद् देखिएको छ ।

समर्पण कान्तिपुर मिडिया ग्रुपमा आबद्ध उनी कला संवाददाता हुन् । उनी फिल्म, नाटक र गीत संगीतका विविध आयाम र सामाजिक मुद्दाबारे रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
4d ago
बक्स अफिसको ६ महिना : केही फिल्म मात्रै फाइदामा, अधिकांश निर्माता निराश

बक्स अफिसको ६ महिना : केही फिल्म मात्रै फाइदामा, अधिकांश निर्माता निराश

काठमाडौं । २०८३ वैशाखदेखि असोजसम्मको ६ महिनालाई फर्केर हेर्दा नेपाली चलचित्रको बक्स अफिसमा आशा र निराशाको मिश्रित दृश्य देखिन्छ । केही फिल्मले करोडौं रुपैयाँको व्यापार गर्दै निर्मातालाई राहत दिएका छन् भने अधिकांश फिल्मले लगानीअनुसारको प्रतिफल …

#फिल्म #बक्स #अफिस
Compare →
Hamro Patro News
3d ago
बक्स अफिसमा ‘गडजिला माइनस जिरो’ को तिव्रता

बक्स अफिसमा ‘गडजिला माइनस जिरो’ को तिव्रता

काठमाडौं– ताकासी यामाजाकी निर्देशित तथा तोहो स्टुडियोको बहुप्रतिक्षित फिल्म ‘गडजिला माइनस जिरो’ ले विश्व बक्स अफिसमा नयाँ इतिहास रचेको छ । यस फिल्मले हलिउडका ठूला फिल्महरूलाई समेत पछि पार्दै उत्तर ...

#फिल्म #बक्स #अफिस
Compare →
Bizshala
6d ago
दसैंको बक्स अफिस सुस्त: ‘आबाट आमा २’ को सातामा ५६ लाख, अरू दुईको १० लाख पनि पुगेन

दसैंको बक्स अफिस सुस्त: ‘आबाट आमा २’ को सातामा ५६ लाख, अरू दुईको १० लाख पनि पुगेन

काठमाण्डौ । दसैंमा प्रदर्शनमा आएका तीन सिक्वेल फिल्मले पछिल्लो सात दिनमा संयुक्त रूपमा ६५ लाख ६२ हजार रुपैयाँभन्दा बढी...

#फिल्म #बक्स #अफिस
Compare →
Nagarik News
1d ago
'रामायण' नवौँ दिनमा एक हजार करोड भारु पार

'रामायण' नवौँ दिनमा एक हजार करोड भारु पार

फिल्म ‘रामायण’ले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो हप्तामा शानदार प्रवेश गरेको छ।

#फिल्म #बक्स #अफिस
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612