Trending
Prev Story
Next Story

भीमफेदी-कुलेखानी सडकखण्डमा हाइस खोलामा खस्यो

Nagarik News •
November 22, 2026 • 02:00 PM
5
5 reads 0 reactions

इन्द्रसरोवर गाउँपालिका-२ देवलटारस्थित भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डमा आइतबार दिउँसो हाइस गाडी दुर्घटना हुँदा खोलामा खसेको छ।

भीमफेदी-कुलेखानी सडकखण्डमा हाइस खोलामा खस्यो

इन्द्रसरोवर गाउँपालिका-२ देवलटारस्थित भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डमा आइतबार दिउँसो हाइस गाडी दुर्घटना हुँदा खोलामा खसेको छ।

काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको बा.४ ख ६०३५ नम्बरको हाइस बिग्रिएर रोकिएको अवस्थामा दिउँसो करिब २ बजेर २० मिनेटमा पछाडि गुडेर सडकबाट अन्दाजी २ मिटर तल खोलामा खसेको हो।

दुर्घटना हुँदा गाडीमा कोही पनि सवार नरहेकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। दुर्घटनाबाट हाइस गाडीमा भने क्षति पुगेको छ।

खबर प्राप्त हुनासाथ प्रहरी चौकी खानीखेत, मकवानपुरबाट ट्राफिकसहित ५ जनाको टोली घटनास्थलमा खटिएको थियो।

प्रहरीका अनुसार गाडीका चालक सर्लाहीको बरहथवा नगरपालिका-२ बस्ने करिब ४४ वर्षीय लवहरी थापाले मादक पदार्थ सेवन नगरेको र सवारीका कागजपत्र ठीक रहेको पाइएको छ।

प्रकाशित: ६ मंसिर २०८३ १९:४५ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3d ago
‘मृत्युमार्ग’ बन्दै भीमफेदी : शोकमा मधेश

‘मृत्युमार्ग’ बन्दै भीमफेदी : शोकमा मधेश

वीरगन्ज। सङ्घीय राजधानी काठमाडौँलाई तराई–मधेशसँग जोड्ने छोटो वैकल्पिक मार्ग मकवानपुरको भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा सवारी दुर्घटनाको कहालीलाग्दो शृङ्खला रोकिएको छैन। यही क्रममा बिहीबार बिहा...

#दुर्घटना #भीमफेदी
Compare →
Ekantipur
3d ago
जोखिमपूर्ण हेटौंडा-काठमाडौं सडक : भीमफेदीमा १० महिनामै ३ ठूला दुर्घटना, २३ जनाको मृत्यु

जोखिमपूर्ण हेटौंडा-काठमाडौं सडक : भीमफेदीमा १० महिनामै ३ ठूला दुर्घटना, २३ जनाको मृत्यु

एक साताअघि मात्रै भीमफेदीमा भएको दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो । रातिको सवारी आवागमनमा प्रतिबन्ध लगाइए पनि साँघुरो सडक, जोखिमपूर्ण घुम्ती र सुरक्षित पूर्वाधारको अभाव हट्न सकेको छैन ।

#दुर्घटना #भीमफेदी
Compare →
Onlinekhabar
3d ago
भीमफेदीमा जिप दुर्घटना हुँदा १० जना घाइते, दुईको अवस्था अचेत

भीमफेदीमा जिप दुर्घटना हुँदा १० जना घाइते, दुईको अवस्था अचेत

३ मंसिर, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैंसे बजार नजिक आज बिहान जिप दुर्घटना भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था अचेत रहेको छ । हेटौंडाबाट काठमाडौं जाँदै गरेको …

#दुर्घटना #भीमफेदी
Compare →

Related Stories

Technology
Build #2612