सवारीसाधनको सुरक्षा परीक्षण गर्ने अन्तर्राष्ट्रिय संस्थाबाट दुवै मोडलले उच्चतम रेटिङ पाएसँगै जीडब्लूएमको सुरक्षा प्रविधि र इन्जिनियरिङ क्षमताले थप अन्तर्राष्ट्रिय मान्यता पाएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौँ — चिनियाँ अटोमोबाइल निर्माता ग्रेट वाल मोटर (जीडब्लूएम) का दुई मोडल ओरा ५ र हाभल एच७ ले २०२६ मा युरो एनक्यापको पाँचतारे सुरक्षा रेटिङ पाएका छन् ।
सवारीसाधनको सुरक्षा परीक्षण गर्ने अन्तर्राष्ट्रिय संस्थाबाट दुवै मोडलले उच्चतम रेटिङ पाएसँगै जीडब्लूएमको सुरक्षा प्रविधि र इन्जिनियरिङ क्षमताले थप अन्तर्राष्ट्रिय मान्यता पाएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
युरो एनक्यापले सवारीसाधनको सुरक्षा परीक्षण गर्दा यात्रुको सुरक्षा, दुर्घटनाका बेला हुने क्षति, दुर्घटनापछिको सुरक्षा व्यवस्था तथा चालकलाई सुरक्षित रूपमा सवारी चलाउन सहयोग गर्ने प्रविधिलगायत विभिन्न पक्षको मूल्यांकन गर्छ ।
ओरा ५ ले यी चारवटै परीक्षण क्षेत्रमा राम्रो प्रदर्शन गरेको कम्पनीले जनाएको छ । विशेषगरी दुर्घटनाका बेला यात्रुको सुरक्षा र दुर्घटनापछिको सुरक्षासम्बन्धी परीक्षणमा यसको प्रदर्शन उल्लेखनीय रहेको कम्पनीको दाबी छ ।