कम्पनीले केबलकारको सफल सञ्चालनमा यात्रुले देखाएको माया, विश्वास र समर्थनप्रति आभार व्यक्त गरेको छ । कम्पनीलाई यस उचाइसम्म पुर्याउन योगदान गर्ने कर्मचारीहरूको निष्ठा र समर्पणको प्रशंसासमेत गरेको छ ।
काठमाडौँ — नेपालको पहिलो केबलकार मनकामना केबलकार २९औं वर्षमा प्रवेश गरेको छ ।
चितवन को–ई समूहअन्तर्गतको मनकामना दर्शन प्रालिद्वारा सञ्चालित केबलकारले नेपालको पर्यटन तथा पूर्वाधार विकासमा योगदान पुर्याउँदै आएको बताएको छ ।
संस्थापक लक्ष्मणबाबु श्रेष्ठको परिकल्पना तथा स्थापनामा सुरु भएको मनकामना केबलकारले स्थापनाकालदेखि नै नेपालको पर्यटन क्षेत्रमा अग्रणी उद्यमका रूपमा आफूलाई स्थापित गरेको कम्पनीको दाबी छ ।
कम्पनीले केबलकारको सफल सञ्चालनमा यात्रुले देखाएको माया, विश्वास र समर्थनप्रति आभार व्यक्त गरेको छ । कम्पनीलाई यस उचाइसम्म पुर्याउन योगदान गर्ने कर्मचारीहरूको निष्ठा र समर्पणको प्रशंसासमेत गरेको छ ।
आगामी दिनमा यात्रुलाई अझ उत्कृष्ट सेवा र स्तरीय अनुभव प्रदान गर्न आफू प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।