Trending
Prev Story
Next Story

नेपाली पूजा सामग्रीको प्रवर्द्धनमा जुट्दै गुरुमञ्जरी

Ekantipur •
November 22, 2026 • 02:03 PM
6
6 reads 0 reactions

नेपालमा धार्मिक तथा कर्मकाण्डका लागि आवश्यक पर्ने पूजा सामग्री स्वदेशमै उत्पादन र बजारीकरण गर्ने उद्देश्यसहित गुरुमञ्जरीले सम्मेलन आयोजना गरेको जनाएको छ ।

नेपाली पूजा सामग्रीको प्रवर्द्धनमा जुट्दै गुरुमञ्जरी

नेपालमा धार्मिक तथा कर्मकाण्डका लागि आवश्यक पर्ने पूजा सामग्री स्वदेशमै उत्पादन र बजारीकरण गर्ने उद्देश्यसहित गुरुमञ्जरीले सम्मेलन आयोजना गरेको जनाएको छ ।

काठमाडौँ — गुरुमञ्जरी अस्ट्रेलियाको आयोजनामा भक्तपुरको गठ्ठाघरमा पण्डित सम्मेलन सम्पन्न भएको छ ।

नेपालमा धार्मिक तथा कर्मकाण्डका लागि आवश्यक पर्ने पूजा सामग्री स्वदेशमै उत्पादन र बजारीकरण गर्ने उद्देश्यसहित गुरुमञ्जरीले सम्मेलन आयोजना गरेको जनाएको छ । सम्मेलनमा काठमाडौं उपत्यकाका करिब ११०० पण्डित तथा पुरोहित सहभागी थिए ।

पण्डित प्रकाश ढोडारीले नेपाली धार्मिक परम्परामा आवश्यक पर्ने सामग्री नेपालीले नै उत्पादन गर्ने र त्यसको बजार व्यवस्थापन गर्ने उद्देश्यले गुरुमञ्जरी स्थापना गरिएको बताए । पण्डित तथा पुरोहितको हित र धार्मिक सामग्रीको शुद्धता कायम गर्ने अभियानबारे जानकारी गराउन सम्मेलन आयोजना गरिएको उनको भनाइ छ ।

कार्यक्रममा गुरुमञ्जरी अस्ट्रेलियाका प्रशिक्षक ठाकुर भुसालले अभियानअन्तर्गत उत्पादन गरिने सामग्री तथा तिनको बजारीकरणबारे विस्तृत जानकारी दिएका थिए । गुरुवन्दना, भक्तिसंगीत तथा सामूहिक स्वस्तिवाचनबाट सुरु भएको कार्यक्रममा धार्मिक क्षेत्रका अगुवा तथा विद्वान्हरूले अभियानको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

विश्व हिन्दु महासंघ नेपालका राष्ट्रिय सभापति अरुणकुमार पाण्डेले धर्मसँगै अर्थ पनि पुरुषार्थ भएकाले पण्डित तथा पुरोहितहरूले आर्थिक स्वावलम्बनका लागि अग्रणी भूमिका खेल्नुपर्ने बताए । राष्ट्रिय स्वाभिमानका लागि आर्थिक आत्मनिर्भरता महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले गुरुहरूले धर्मपूर्वक आर्थिक उपार्जन गर्नुपर्नेमा जोड दिए ।

प्रा. डा. माधव भट्टराई, प्रा. डा. देवमणि भट्टराई, डा. कान्ता भट्टराई, नेपाल ज्योतिष परिषद्, वरिष्ठ उपाध्यक्ष ज्योतिषी लेखनाथ न्यौपाने, लक्ष्मीनारायण मठ मटिहानीका महन्त रविन्द्रदास वैष्णव, उपप्राध्यापक दिनानाथ पण्डित, गोव्रती योगी सोमराज, युवा अभियन्ता निगम हुमागाईं, कार्यक्रममा त्रिभुवन विश्वविद्यालय केन्द्रीय संस्कृत विभागका अध्यक्ष प्रा. डा. नारायण गौतम, नेपाल पुरोहित संघका अध्यक्ष देवेन्द्र लम्साललगायतले धारणा राखेका थिए ।

कार्यक्रममा सहभागी पण्डित तथा पुरोहितका लागि गुरुभोजन र दक्षिणाको समेत व्यवस्था गरिएको थियो । सन् २०१८ देखि अस्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायतलगायत हिन्दु धर्मावलम्बीको बसोबास रहेका विभिन्न देशमा धार्मिक पूजा सामग्री उपलब्ध गराउँदै आएको गुरुमञ्जरीले यस वर्षदेखि नेपालमा पनि बजार तथा अनलाइन सेवामार्फत पूजा सामग्री उपलब्ध गराउन थालेको जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1d ago
पशुपतिनाथको नित्य र नैमित्तिक पूजालाई विधिवत् राख्न विद्वान्हरूको आग्रह

पशुपतिनाथको नित्य र नैमित्तिक पूजालाई विधिवत् राख्न विद्वान्हरूको आग्रह

विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको नित्य पूजा आराधना तथा मूर्त, अमूर्त सांस्कृतिक क्रियाकलाप रोकिँदा यसको महत्वमाथि नै प्रश्न उठ्न सक्ने भन्दै विद्वान्हरूले पशुपतिनाथको नित्य र नैमित्तिक ...

#पूजा
Compare →
Nagarik News
6d ago
भ्रष्टाचार हटाउन १८ वर्षदेखि उल्लुको पूजा !

भ्रष्टाचार हटाउन १८ वर्षदेखि उल्लुको पूजा !

विगत १८ वर्षदेखि चल्दै आएको यो परम्परामा सहरका प्राध्यापक, डाक्टर, इन्जिनियर र बुद्धिजीवीसमेत सहभागी हुने गरेका छन्।

#पूजा
Compare →

Related Stories

National (Nepal)
Build #2612