Trending
Prev Story
Next Story

सुनको मूल्य प्रतिकिलो ६५ लाख घटेपछि मोदीलाई धन्यवाद दिँदै व्यापारीले लेखे पत्र

Nagarik News •
November 22, 2026 • 08:30 AM
3
3 reads 0 reactions

मोदीको सुझावका कारण लाखौं सुन व्यापारी, गहना व्यवसायी र लगानीकर्ता ठुलो आर्थिक नोक्सानीबाट जोगिएको सीटीआईको दाबी छ।

1 / 2
Swipe Photos

भारतको चेम्बर अफ ट्रेड एण्ड इन्डस्ट्री (सीटीआई) ले सुन खरिद घटाउन गरेको अपिलप्रति प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएको छ।

मोदीको सुझावका कारण लाखौं सुन व्यापारी, गहना व्यवसायी र लगानीकर्ता ठुलो आर्थिक नोक्सानीबाट जोगिएको सीटीआईको दाबी छ।

सीटीआईले आइतबार मोदीलाई लेखेको पत्रमा सुनको मूल्य प्रतिकिलो एक करोड ९० लाख भारतीय रुपैयाँबाट घटेर एक करोड २५ लाख रुपैयाँमा झरेको उल्लेख गरेको छ। यसअनुसार प्रतिकिलो ६५ लाख भारतीय रुपैयाँले मूल्य घटेको छ। मोदीको सुझाव नमानेर त्यतिबेला ठुलो परिमाणमा सुन किनेका भए व्यापारीले अहिले प्रतिकिलो ६५ लाख रुपैयाँसम्म घाटा बेहोर्नुपर्ने अवस्था आउने संस्थाले बताएको छ।

सीटीआईका अनुसार सुन व्यापारीले महिनौंका लागि स्टक राख्ने भएकाले महँगो मूल्यमा सुन खरिद गरेका भए ठुलो आर्थिक नोक्सानी हुन सक्थ्यो। अनलाइन तथा अफलाइन कारोबार गर्ने साना व्यापारी र सेयर बजारका लगानीकर्ता पनि मोदीको सुझावका कारण सम्भावित घाटाबाट जोगिएको संस्थाको दाबी छ।

पत्रमा पहिले मोदीको सुझावको विरोध गर्ने व्यापारीले समेत अहिले त्यसको फाइदा स्वीकार गरेको उल्लेख छ। व्यापारीका समूहमा ‘मोदीजीले हामीलाई बचाउनुभयो’ भन्ने सन्देश आइरहेको सीटीआईले जनाएको छ। सुनको मूल्य घट्दा विवाहको तयारी गरिरहेका परिवारलाई समेत राहत मिलेको संस्थाको भनाइ छ। भारतमा यस विवाहको मौसममा ५२ लाख विवाह हुने अनुमान गरिएको छ।

सीटीआईले सुन र चाँदीजस्ता संवेदनशील बजारमा सट्टेबाजी र अनावश्यक रूपमा सुन जम्मा गर्ने प्रवृत्ति रोक्न सरकारले समयमै सुझाव दिनुपर्ने माग पनि गरेको छ।

यसअघि शनिबार लखनउमा आयोजित एक कार्यक्रममा मोदीले एक वर्षसम्म अत्यावश्यक नभएसम्म सुन नकिन्न गरेको अपिल सम्झिएका थिए। उनले नागरिकले आफ्नो सुझाव मानेर सुन खरिद घटाएको र यसबाट उनीहरूको पैसा जोगिएको बताएका थिए।

मोदीले भने, ‘एक वर्षसम्म आवश्यक नभएसम्म सुन नकिन्न मैले देशवासीलाई आग्रह गरेको थिएँ। लालबहादुर शास्त्रीले एक छाक खाना नखान गरेको अपिललाई देशवासीले मानेका थिए। अहिले पनि देशले त्यही भावना देखाएको छ। मैले कम सुन किन्न आग्रह गरेँ, देशवासीले कम सुन किने। अहिले मानिसहरू मलाई तपाईंको सुझाव मानेर हाम्रो पैसा बच्यो भनिरहेका छन्।’

मोदीले मे १०, २०२६ मा पश्चिम एसियाको द्वन्द्व र कच्चा तेलको मूल्य बढिरहेका बेला विदेशी मुद्रा बचाउन नागरिकलाई सात वटा सुझाव दिएका थिए। उनले सुन खरिद घटाउने, एक वर्ष विदेश यात्रा सीमित गर्ने, सम्भव भएसम्म घरबाट काम गर्ने, इन्धन बचाउने, स्वदेशी उत्पादन प्रयोग गर्ने, खाना पकाउने तेलको खपत घटाउने र प्राकृतिक खेतीलाई प्रोत्साहन गर्ने सुझाव दिएका थिए।

तर, यी सुझावप्रति विपक्षी दलका नेताहरूले प्रश्न उठाउँदै सरकारले आर्थिक भार सर्वसाधारणमाथि थोपर्न खोजेको आरोप लगाउँदै आएका छन्।

प्रकाशित: ६ मंसिर २०८३ १४:१५ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1h ago
सुनको मूल्य प्रतिकिलो ६५ लाख घटेपछि मोदीलाई धन्यवाद दिँदै व्यापारीले लेखे पत्र

सुनको मूल्य प्रतिकिलो ६५ लाख घटेपछि मोदीलाई धन्यवाद दिँदै व्यापारीले लेखे पत्र

भारतको चेम्बर अफ ट्रेड एण्ड इन्डस्ट्री (सीटीआई) ले सुन खरिद घटाउन गरेको अपिलप्रति प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएको छ। मोदीको सुझावका कारण लाखौं सुन व्यापारी, गहना व्यवसायी र लगानीकर्ता...

#सुन #मोदी #व्यापारी
Compare →
Arthasansar
26m ago
१० महिनामा करिब १ लाखले घट्यो सुनको मूल्य ,१ लाख ८० हजारसम्म पुग्ने अनुमान

१० महिनामा करिब १ लाखले घट्यो सुनको मूल्य ,१ लाख ८० हजारसम्म पुग्ने अनुमान

नेपाली बजारमा पछिल्ला दिनहरुमा सुनको मूल्य लगातार रुपमा घटिरहेको छ । गत साताका सबै दिन उच्च मूल्यमा घटेको सुन यो...

#सुन
Compare →
Bizshala
27m ago
सुनको भाउमा धक्का, व्यापारमा झट्का : व्यवसायी भन्छन्– 'आत्तिनुपर्ने अवस्था छैन'

सुनको भाउमा धक्का, व्यापारमा झट्का : व्यवसायी भन्छन्– 'आत्तिनुपर्ने अवस्था छैन'

–सुजता थापा  काठमाण्डौ। तिहारपछि सुनको मूल्यमा लगातार पहिरो गइरहेको छ। प्रतितोला सुनको मूल्य झन्डै ४२ हजार...

#सुन
Compare →
Ekantipur
4h ago
६ मंसिर २०८३ : सुनको भाउ घट्यो, तोलामा रु २४२,६००

६ मंसिर २०८३ : सुनको भाउ घट्यो, तोलामा रु २४२,६००

आजको छापावाल सुनको भाउ तोलामा रु २४२,६०० र असली चाँदी रु ३,०६५ रहेको छ।

#सुन
Compare →
Onlinekhabar
1d ago
मंसिर लागेयता २४ हजार ६ सय घट्यो सुनको भाउ, आज कति ?

मंसिर लागेयता २४ हजार ६ सय घट्यो सुनको भाउ, आज कति ?

६ मंसिर, काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँ घटेको हो । आज सुन तोलामा २ लाख ४२ हजार …

#सुन
Compare →

Related Stories

Business & Economy
Build #2612