Trending
Prev Story
Next Story

आरक्षणबाट निजामतीमा १,१६१ जना अपांगता भएका व्यक्तिले पाए प्रवेश

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

६ मंसिर, काठमाडौं । समावेशी नीति लागू भएयता निजामती सेवामा आरक्षणमार्फत १ हजार १६१ जना अपांगता भएका व्यक्तिले प्रवेशको अवसर पाएका छन् । आदिवासी जनजाति आयोगका अनुसार आर्थिक वर्ष २०६४/६५ देखि २०८०/८१ सम्म अपांगता भएका व्यक्तिले …

आरक्षणबाट निजामतीमा १,१६१ जना अपांगता भएका व्यक्तिले पाए प्रवेश

६ मंसिर, काठमाडौं । समावेशी नीति लागू भएयता निजामती सेवामा आरक्षणमार्फत १ हजार १६१ जना अपांगता भएका व्यक्तिले प्रवेशको अवसर पाएका छन् ।

आदिवासी जनजाति आयोगका अनुसार आर्थिक वर्ष २०६४/६५ देखि २०८०/८१ सम्म अपांगता भएका व्यक्तिले निजामती सेवामा आरक्षणको अवसर पाएका हुन् ।

तर, यस्तो अवसर पाउनेमा अपांगताभित्रका पनि कुन वर्ग, क्षेत्र, जात र लिंगका छन् भनेर हेरिनुपर्ने बताउँछन् अपांगता समावेशी विकास विज्ञ कृष्ण गहतराज ।

‘समावेशी नीतिले राज्यका निकायमा उनीहरूको प्रवेशको अवसर बढाएको छ,’ उनी भन्छन्, ‘एकातिर कुन जात, लिंग, वर्ग र क्षेत्रको प्रतिनिधित्व राज्यका निकायमा भएको छ भन्ने सवाल छ । अर्कोतिर अपांगता भएका व्यक्तिलाई दया र सहानुभूतिका पात्रका रूपमा प्रस्तुत गर्ने प्रवृत्ति अन्त्य गरी अधिकार, क्षमता, योगदान र नेतृत्वका सवाललाई स्थापित गर्नुपर्ने छ ।’

नेपाल पत्रकार महासंघको केन्द्रीय समावेशी विभाग र राष्ट्रिय आदिवासी जनजाति अपांग महिला संघको समन्वयमा काठमाडौँमा आयोजित आमसञ्चार माध्यममा अपांगताका सवालसम्बन्धी अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् ।

अपांगतासम्बन्धी सञ्चार निर्देशिका, २०७३ जारी भएको उल्लेख गर्दै उनले सञ्चारमाध्यमले पनि यसलाई पनि ख्याल गरिदिनुपर्ने आग्रह गरे । उनी भन्छन्, ‘अपांगतासम्बन्धी सञ्चार निर्देशिकाबमोजिम मिडियामा शब्दहरूको प्रयोग बदलियो, तर त्यसको भावार्थ र सन्दर्भबारे व्यावहारिक परिवर्तन हुन सकेको छैन ।’

राष्ट्रिय आदिवासी जनजाति अपांग महिला संघकी अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालयकी उपप्राध्यापक प्रतिमा गुरुङले अपांगता भएका महिलाका सवाललाई विशेष प्राथमिकता दिइनुपर्ने बताइन् । राज्यसँग अपांगता भएका व्यक्तिहरूको यथार्थपरक तथ्यांकसमेत नरहेको उल्लेख गर्दै उनले यसमा काम गर्न सुझाइन् ।

नेपाल पत्रकार महासंघका उपाध्यक्ष उमिद वागचन्दले अपांगता भएका व्यक्तिलाई सम्बोधन गर्न आम रूपमा प्रयोग भइरहेका कतिपय शब्दावली नै अपमानजनक रहेको बताए । त्यस्ता शब्दको प्रयोग सच्याउँदै अपांगता भएका व्यक्तिको क्षमता, सम्भावना र योगदानलाई उजागर गर्नुपर्ने उनको आग्रह छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1h ago
ऊर्जामन्त्री श्रेष्ठले पाए कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

ऊर्जामन्त्री श्रेष्ठले पाए कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि श्रेष्ठले कार्यवाहक प्रधानमन्त्र...

#पाए
Compare →
Bizshala
6h ago
एनपीएल विजेता सुदूरपश्चिमलाई डेढ करोड, खेलाडीले पाए आकर्षक पुरस्कार

एनपीएल विजेता सुदूरपश्चिमलाई डेढ करोड, खेलाडीले पाए आकर्षक पुरस्कार

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उपाधि जितेको सुदूरपश्चिम रोयल्सले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाएको...

#पाए
Compare →
Ekantipur
3d ago
निजामतीमा १८९ अधिकृत सिफारिस हुँदा गुल्मीका मात्रै १० जना

निजामतीमा १८९ अधिकृत सिफारिस हुँदा गुल्मीका मात्रै १० जना

लोकसेवा आयोगले सार्वजनिक गरेको १८९ जना शाखा अधिकृतको अन्तिम सूचीमा गुल्मीका १० जना प्रशासन, लेखा र राजस्व समूहमा सिफारिस भएका छन् ।

#निजामती
Compare →

Related Stories

Technology
Build #2612