काठमाडौँ । दुई दिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री बालेन्द्र शाह अर्थमन्त्रीसहितको प्रतिनिधिमण्डल लिएर भारत प्रस्थान गरिसकेका छन् । एकातिर नयाँ दिल्लीमा उच्चस्तरीय कूटनीतिक भेटवार्ताको तयारी चलिरहँदा अर्कोतिर स्वदेशका सडक र चोकहरूमा भने यो भ्रमणलाई लिएर सर्वसाधारणको मिश्रित प्रतिक्रिया सुनियो ।
प्रधानमन्त्री शाहले भारत भ्रमणमा कस्ता एजेन्डा उठाउलान् ? विगतका भ्रमणभन्दा यो भ्रमण के अर्थमा फरक होला ? आम नागरिकका आवाज नियाल्दा यसमा प्रस्ट रूपमा तीन धार देखिन्छन्- उच्च अपेक्षा, इतिहासप्रतिको तीतो अनुभवसहितको संशय र राष्ट्रिय हितका मुद्दामा खबरदारी । भिडियोमा हेर्न सकिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )