Trending
Prev Story
Next Story

बालेनलाई स्वागत गर्दै राज्यमन्त्रीले भने– यो भ्रमणले दुई देशको सम्बन्धलाई अझै ऊर्जा थप्नेछ

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

६ मंसिर, काठमाडौं । दुई दिने भ्रमणका लागि पुगेका प्रधानमन्त्री बालेन शाहलाई विमानस्थलमा स्वागत गर्न पुगेका भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले यो भ्रमणले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धमा नयाँ …

बालेनलाई स्वागत गर्दै राज्यमन्त्रीले भने– यो भ्रमणले दुई देशको सम्बन्धलाई अझै ऊर्जा थप्नेछ

६ मंसिर, काठमाडौं । दुई दिने भ्रमणका लागि पुगेका प्रधानमन्त्री बालेन शाहलाई विमानस्थलमा स्वागत गर्न पुगेका भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले यो भ्रमणले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहलाई स्वागत गरेको तस्वीर सेयर गर्दै उनले आफूले स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन् ।

‘नेपालका सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहलाई भारतको नयाँ दिल्लीमा औपचारिक भ्रमणका क्रममा स्वागत गर्न पाउँदा खुसी लागेको छ,’ उनले लेखेका छन्, ‘तपाईंको यो पहिलो भारत भ्रमणले दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धलाई नयाँ गति र ऊर्जा प्रदान गर्नेछ ।’

प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि शाहको यो पहिलो भारत भ्रमण हो । बालेनले आजै केहीबेरपछि भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गर्दैछन् ।

त्यस्तै, उनले भोलि समकक्षी नरेन्द्र मोदीसँग भेट गर्ने कार्यतालिका रहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
5h ago
प्रधानमन्त्री बालेनको स्वागतमा सजियो नयाँदिल्ली,नेपाली भाषामा पनि स्वागत सन्देश

प्रधानमन्त्री बालेनको स्वागतमा सजियो नयाँदिल्ली,नेपाली भाषामा पनि स्वागत सन्देश

दुईदिने राजकीय भ्रमणका लागि आज भारत प्रस्थान गर्न लागेका प्रधानमन्त्री वालेन्द्र शाहको स्वागतमा भारतको राजधानी नयाँ दिल्लीलाई सजाइएको छ ।...

#बालेन-शाह #भ्रमण #स्वागत
Compare →
Hamro Patro News
6h ago
प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणमा ऊर्जा र लगानी मुख्य प्राथमिकतामा

प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणमा ऊर्जा र लगानी मुख्य प्राथमिकतामा

काठमाडौँ / प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने औपचारिक भ्रमणका लागि आज आइतबार भारत जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी मंसिर ६ देखि ७ सम्म भारत भ्रमणमा जान लागेका हुन् ।

#बालेन-शाह #भ्रमण #भारत
Compare →
Bizshala
5h ago
प्रधानमन्त्री बालेन भारत भ्रमणमा निस्किएपछि विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

प्रधानमन्त्री बालेन भारत भ्रमणमा निस्किएपछि विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) औपचारिक भारत भ्रमणमा जाने भएपछि ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले...

#बालेन-शाह #भ्रमण #भारत
Compare →
Nagarik News
5h ago
वरिष्ठ नेता बालेन्द्रको भारत भ्रमण कोसेढुङ्गा बन्ने छ : रास्वपा

वरिष्ठ नेता बालेन्द्रको भारत भ्रमण कोसेढुङ्गा बन्ने छ : रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।

#बालेन-शाह #भ्रमण #भारत
Compare →
Ekantipur
2h ago
दिल्लीमा प्रधानमन्त्री शाहलाई भारतीय राज्यमन्त्रीले गरे स्वागत

दिल्लीमा प्रधानमन्त्री शाहलाई भारतीय राज्यमन्त्रीले गरे स्वागत

इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले प्रधानमन्त्री शाहलाई स्वागत गरे ।

#स्वागत #भारत #राज्यमन्त्री
Compare →

Related Stories

Politics & Governance
Build #2612