काठमाडौं- साग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–४ चिसापानीस्थित श्री चेपाङ प्राथमिक विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ । यस बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत हेटौंडा शाखाको पहलमा उक्त विद्यालयका १३० जना विद्यार्थीलाई ट्र्याक सुट र शैक्षिक सामग्री वितरण गरिएको हो ।
कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकका वीरगञ्ज–चितवन सबक्लस्टर प्रमुख श्री रूपक मैनाली, हेटौंडा शाखाका शाखा प्रबन्धक श्री बिनेश कार्की तथा कर्मचारीहरू र विद्यालयका शिक्षकहरूको उपस्थिति रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् ( ajakoartha.com )