निसीखोला गाउँपालिका–३ झिवाखोलास्थित प्रभा माध्यमिक विद्यालयले विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार विकास गर्ने उद्देश्यले श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञ सञ्चालन गर्ने भएको छ ।
विद्यालयले यही मंसिर ६ गतेदेखि १३ गतेसम्म महायज्ञ आयोजना गर्न लागेको हो । विद्यालयमा स्मार्ट एवम् प्रविधिमैत्री व्यावसायिक शिक्षा प्रदान गर्ने लक्ष्यसहित आवश्यक भौतिक संरचना निर्माण तथा शैक्षिक गुणस्तर सुधारका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको विद्यालयका प्रधानाध्यापक नवराज आचार्यले जानकारी दिनुभयो ।
Read full story at source ( gorkhapatraonline.com )