Trending
Prev Story
Next Story

इन्धन अभावले सुडानको उद्योग, कृषि र व्यापार क्षेत्र प्रभावित

Nagarik News •
November 15, 2026 • 08:51 AM
4
4 reads 0 reactions

इन्धनको निरन्तर अभावले अफ्रिकी मुलुक सुडानको कमजोर अर्थतन्त्रमा थप दबाब सिर्जना गरेको छ । इन्धन आपूर्ति अनियमित हुँदा उद्योग, कृषि तथा व्यापार क्षेत्रको उत्पादन र व्यावसायिक गतिविधि प्रभावित भएका छन् ।

इन्धन अभावले सुडानको उद्योग, कृषि र व्यापार क्षेत्र प्रभावित

इन्धनको निरन्तर अभावले अफ्रिकी मुलुक सुडानको कमजोर अर्थतन्त्रमा थप दबाब सिर्जना गरेको छ । इन्धन आपूर्ति अनियमित हुँदा उद्योग, कृषि तथा व्यापार क्षेत्रको उत्पादन र व्यावसायिक गतिविधि प्रभावित भएका छन् ।

सुडानको पोर्ट सुडानस्थित सवारीसाधन मर्मत केन्द्रमा इन्धन अभावका कारण उपकरण सञ्चालन, सवारीसाधन परीक्षण र पार्टपुर्जा ढुवानीमा समस्या देखिएको छ । उक्त मर्मत केन्द्रमा एक दर्जनभन्दा बढी कर्मचारीले सवारीसाधन तथा भारी उपकरण मर्मत गरेर जीविकोपार्जन गर्दै आएका छन् । तर इन्धनको अनिश्चित आपूर्तिले उनीहरूको नियमित काम प्रभावित भएको छ ।

स्थानीय सवारी मर्मत केन्द्रका प्रमुख यासेर बुखारीका अनुसार उपकरण परीक्षणदेखि इन्जिन तथा अन्य पार्टपुर्जाको सफाइ र मर्मतसम्भारसम्मका लागि इन्धन आवश्यक पर्छ । इन्धन नहुँदा मर्मतसम्बन्धी काम नियमित रूपमा गर्न कठिन भएको उनले बताए ।

इन्धन अभावले विद्युत् आपूर्तिमा समेत थप दबाब सिर्जना गरेको छ । विद्युतमा निर्भर उपकरण प्रयोग गर्ने उद्योगहरू अनियमित विद्युत् आपूर्तिका कारण उत्पादन रोक्न बाध्य भएका छन् । विद्युत् कटौती हुँदा कारखानाका अधिकांश काम ठप्प हुने र उत्पादन प्रक्रिया पछाडि धकेलिने गरेको स्थानीय कामदार मोहम्मद सुलेमानले बताए ।

उनका अनुसार इन्धन अभावका कारण उद्योगहरूले कालोबजारबाट महँगो मूल्यमा इन्धन खरिद गर्नुपर्ने अवस्था छ । महँगो इन्धन र अनियमित विद्युत् आपूर्तिले उत्पादन लागत बढाउनुका साथै उद्योग सञ्चालनमा कठिनाइ थपेको छ ।

इन्धन अभावको असर व्यापार क्षेत्रमा पनि परेको छ । सुडान इन्धनका लागि आयातमा निर्भर रहेकाले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा आन्तरिक बजारमा समेत लागत बढेको छ । इन्धनको मूल्य वृद्धिले वस्तु खरिद, ढुवानी र वितरण खर्च बढाएको छ । त्यसको प्रत्यक्ष असर उपभोक्ता मूल्यमा परेको छ ।

स्थानीय व्यवसायी अब्दल्लाह हसनका अनुसार पछिल्लो तीन महिनामा फलफूलको मूल्य झण्डै चार गुणाले बढेको छ । इन्धनको मूल्य वृद्धिले सामान ढुवानी महँगो बनाएको र बजारमा वस्तुको मूल्य बढ्दा उपभोक्ताको खरिद क्षमता कमजोर भएको उनले बताए । वस्तुको मूल्य निरन्तर बढ्दा व्यापार सञ्चालन गर्नसमेत कठिन हुँदै गएको हसनको भनाइ छ । यसले इन्धन अभावको असर उत्पादन र उद्योगमा मात्र सीमित नरही आपूर्ति प्रणाली, बजार मूल्य र सर्वसाधारणको दैनिक जीवनसम्म पुगेको देखाएको छ ।

प्रकाशित: २९ कार्तिक २०८३ १४:३६ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2d ago
राष्ट्रिय खेलकुदको तयारीमा खोटाङ, बजेट अभावले प्रशिक्षण प्रभावित

राष्ट्रिय खेलकुदको तयारीमा खोटाङ, बजेट अभावले प्रशिक्षण प्रभावित

राष्ट्रिय खेलकुदको तयारीमा खोटाङ, बजेट अभावले प्रशिक्षण प्रभावित मङ्सिर ७ गतेदेखि प्रदेश छनोटमा सहभागी हुन कराते, भलिबल, कबड्डी र क्रिकेटका खेलाडी बन्द प्रशिक्षणमा छन्, तर सीमित बजेटले तयारी प्रभा...

#प्रभावित #अभाव
Compare →
Onlinekhabar
2d ago
जग्गा र जनशक्ति अभावमा मत्स्य विकास केन्द्रको काम प्रभावित

जग्गा र जनशक्ति अभावमा मत्स्य विकास केन्द्रको काम प्रभावित

२७ कात्तिक, स्याङ्जा । गण्डकी प्रदेशकै एक मात्र मत्स्य विकास केन्द्र पर्याप्त जग्गा र प्राविधिक जनशक्तिको अभावमा स्थापनाकालीन उद्देश्यअनुसार अघि बढ्न सकेको छैन । स्याङ्जाको कालीगण्डकी गाउँपालिका-७ मिर्मीमा रहेको केन्द्रले स्थानीय किसानलाई सहुलियतमा माछाका भुरा उपलब्ध …

#अभाव #प्रभावित
Compare →
Ekantipur
4d ago
इन्धनको मूल्यवृद्धिले युरोपेली वायुसेवा कम्पनीको उडान कटौती, हवाई भाडा बढ्ने संकेत

इन्धनको मूल्यवृद्धिले युरोपेली वायुसेवा कम्पनीको उडान कटौती, हवाई भाडा बढ्ने संकेत

एयर फ्रान्स–केएलएम, र्‍यानएयर, इजिजेट र लुफ्थान्सासहितका कम्पनीले खर्च जोगाउन कम आम्दानी हुने मार्ग र सिट कटौती गरेका छन् ।

#इन्धन
Compare →

Related Stories

Business & Economy
Build #2612