Trending
Prev Story
Next Story

५१ औँ दिनमा ‘बाः एक योद्धा’

Nagarik News •
November 15, 2026 • 05:32 AM
3
3 reads 0 reactions

‘बाः एक योद्धा’ ललितपुरको ग्वार्कोमा अवस्थित गुण सिनेमामा प्रदर्शनको ५१औँ दिन मानाएको हो।

५१ औँ दिनमा ‘बाः एक योद्धा’

हरि लम्सालको निर्देशनमा बनेको चलचित्र ‘बाः एक योद्धा’ प्रदर्शनको ५१औँ दिन मनाएको छ।

असोज ९ गतेदेखि सिनेमाघरमा प्रदर्शनमा आएको चलचित्र ‘बाः एक योद्धा’ ललितपुरको ग्वार्कोमा अवस्थित गुण सिनेमामा प्रदर्शनको ५१औँ दिन मानाएको हो।

बक्सअफिसमा औसत देखिएको ‘बाः एक योद्धा’लाई पब्लिक रिभ्यू राम्रो मिल्दा यसपछिका कतिपय सिनेमा हलबाट बाहिरिसक्दा पनि यो भने केही हलमा अझै प्रदर्शनरत छ।

‘बाः एक योद्धा’ले हालसम्म ३ करोड ५६ लाख ८ हजार १८१ रुपैयाँ ग्रसकलेक्सन गरेको बक्सअफिस रिपोर्ट छ। हरि लम्सालको डेब्यू निर्देशनमा बनेको चलचित्र नै ५१औँ दिन मनाउन सफल भएको हो।

पारिवारिक भावना, बुवाको त्याग र संघर्षलाई मुख्य विषय बनाएको यो चलचित्रले सन्तानको भविष्य निर्माणका लागि अभिभावकले गर्ने समर्पण तथा वृद्धावस्थामा उनीहरूले भोग्नुपर्ने चुनौतीलाई कथाको मुल विषयवस्तु बनाएको छ।

चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतका कलाकारको अभिनय रहेको छ।

हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘बाः एक योद्धा’ आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो। चलचित्रको कथा तथा पटकथा पनि निर्देशक लम्सालकै रहेको छ।

चलचित्रका निर्माता वसन्त लम्साल हुन् भने अनिल बुढाथोकी कार्यकारी निर्माता रहेका छन्। अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माताका रूपमा छन्।

प्रकाशित: २९ कार्तिक २०८३ ११:१७ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1d ago
‘रामायणः पार्ट १’ को विश्वव्यापी कमाइ १ हजार ११० करोड भारु, बनायो नयाँ रेकर्ड

‘रामायणः पार्ट १’ को विश्वव्यापी कमाइ १ हजार ११० करोड भारु, बनायो नयाँ रेकर्ड

मुम्बई । रणबीर कपुर अभिनीत बहुप्रतीक्षित चलचित्र ‘रामायणः पार्ट १’ ले बक्स अफिसमा आक्रामक व्यापार गर्दै नयाँ कीर्तिमान बनाएको छ। प्रदर्शनको नौ दिनमै चलचित्रले विश्वभरबाट १ हजार ११० करोड भारु ग्रस क...

#प्रदर्शन #चलचित्र
Compare →
Onlinekhabar
1d ago
बन्दुक छाडेर र्‍याप हान्न निस्किएका योद्धा

बन्दुक छाडेर र्‍याप हान्न निस्किएका योद्धा

अझै पनि ब्रिटिश लाहुरे बन्नु थुप्रै नेपाली युवाको सपना नै हो । काठमाडौं, पोखरा, धरान तिरका ट्रेनिङ सेन्टरतिर आँखा लगाए यो रुमानी सपनाको लोभ कति छ, प्रष्ट हुुन्छ । सोनम गुरुङ, र्‍यापर योद्धा बन्नुअघि यही सपना …

#योद्धा
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612