मुम्बई । रणबीर कपुर अभिनीत बहुप्रतीक्षित चलचित्र ‘रामायणः पार्ट १’ ले बक्स अफिसमा आक्रामक व्यापार गर्दै नयाँ कीर्तिमान बनाएको छ। प्रदर्शनको नौ दिनमै चलचित्रले विश्वभरबाट १ हजार ११० करोड भारु ग्रस कलेक्सन गरेको छ।
नितेश तिवारीको निर्देशनमा बनेको यो चलचित्र प्रदर्शनको आठ दिनमै १ हजार करोड भारु कमाउने तेस्रो तीव्र गतिका भारतीय चलचित्र बनेको छ। यसअघि रणवीर सिंह अभिनीत ‘धुरन्धर २’ र अल्लु अर्जुनको ‘पुष्पा २’ ले प्रदर्शनको सात दिनमै यो आँकडा पार गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )