दाङ, कार्तिक २८ गते । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुरोगको विशेषज्ञ उपचार सेवा प्रभावकारी बन्दै गएको छ । चालु आर्थिक वर्षको असोज महिनामा मात्रै प्रतिष्ठानमा मुटुरोगसम्बन्धी सातवटा जटिल शल्यक्रिया भएका छन् ।
प्रतिष्ठानका अनुसार असोज महिनामा १ सय ९७ जना बिरामीले मुटुरोगसम्बन्धी विशेषज्ञ सेवा लिएका छन् । तीमध्ये १ सय ९० जनाले बहिरङ्ग (ओपीडी) सेवा लिएका छन् भने सात जनाको जटिल शल्यक्रिया गरिएको छ । प्रतिष्ठानमा कोरोनरी एन्जियोग्राफी र एन्जियोप्लास्टी सेवा सुरु भएपछि मुटुरोगका बिरामीलाई उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता कम हुँदै गएको छ । यसअघि मुटुरोगको उपचारका लागि दाङसहित आसपासका जिल्लाका बिरामी नेपालगञ्ज, बुटवल, काठमाडौँ तथा भारतसम्म पुग्नुपर्ने अवस्था थियो । गत वर्षदेखि प्रतिष्ठानमा उक्त सेवा सुरु भएपछि बिरामीले जिल्लामै विशेषज्ञ उपचार सेवा पाउन थालेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )