रसुवा, नुवाकोट र धादिङका विस्थापित विद्यार्थीलाई नजिकका विद्यालय, सिकाइ केन्द्र तथा काठमाडौं र ललितपुरका विद्यालयमा पढ्ने अवसर मिलाइएको छ।
काठमाडौँ — भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका विद्यार्थीको पठनपाठन वैकल्पिक व्यवस्था गरी सञ्चालन गरिएको छ । बाढीबाट विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएपछि विस्थापित भएका विद्यार्थीलाई नजिकका विद्यालय तथा सिकाइ केन्द्रमा स्थानान्तरण गरिएको हो । कतिपय विद्यार्थीलाई काठमाडौं र ललितपुरका विद्यालयमा समेत स्थानान्तरण गरी पठनपाठनको व्यवस्था मिलाइएको छ । सरकारी तथ्यांक अनुसार बाढीबाट पूर्ण क्षेत्रग्रस्त भएका १३ वटा शैक्षिक संस्थाका ३ हजार विद्यार्थीलाई अन्य विद्यालय र सिकाई केन्द्रमा स्थानान्तरण गरि पठनपाठनको व्यवस्था मिलाइएको हो ।
नारायण किलम्बू कान्तिपुर टेलिभिजनमा कार्यरत छन् ।