Trending
Prev Story
Next Story

कांग्रेस सभापति थापा भोटेकोसी बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न स्थलगत भ्रमणमा

Ekantipur •
November 22, 2026 • 03:33 AM
3
3 reads 0 reactions

सभापति थापाले रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित बस्ती तथा होल्डिङ सेन्टर पुगेर प्रभावितहरूसँग भेटघाट, छलफल र अन्तरक्रिया गर्ने कार्यक्रम छ।

कांग्रेस सभापति थापा भोटेकोसी बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न स्थलगत भ्रमणमा

सभापति थापाले रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित बस्ती तथा होल्डिङ सेन्टर पुगेर प्रभावितहरूसँग भेटघाट, छलफल र अन्तरक्रिया गर्ने कार्यक्रम छ।

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगनकुमार थापा भोटेकोसी बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न स्थलगत भ्रमणमा गएका छन्। उनले रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित बस्ती तथा होल्डिङ सेन्टर पुगेर प्रभावितहरूसँग भेटघाट, छलफल र अन्तरक्रिया गर्ने कार्यक्रम छ।

थापा टोखा–छहरे हुँदै नुवाकोटको बेत्रावती पुगेका छन्। त्यहाँ उनले रसुवा र नुवाकोट दुवैतर्फका बाढी प्रभावित स्थानीयसँग भेटघाट तथा अन्तरक्रिया गर्नेछन्। त्यसपछि रसुवाको बोगटीटारस्थित होल्डिङ सेन्टर पुगेर त्यहाँ आश्रय लिइरहेका प्रभावितसँग छलफल गर्ने कार्यक्रम छ।

बोगटीटारबाट नुवाकोट फर्किएर उनले ढुंगे र त्रिशूली बजारका बाढी प्रभावितसँग भेटघाट तथा अन्तरक्रिया गर्नेछन्। विदुरमा बाढी प्रभावित सरोकार समितिका प्रतिनिधिसँग पनि छलफल गर्ने कार्यक्रम छ।

त्यसपछि विदुर नगरपालिका–५, पिपलटारमा नुवाकोट र रसुवाका प्रभावितलाई राखिएका पाँचवटा होल्डिङ सेन्टरको अवलोकन गरी प्रभावितहरूसँग छलफल गर्नेछन्।

नुवाकोटको देवीघाट हुँदै धादिङको गल्छी र गजुरी पुगेर त्यहाँका बाढी प्रभावितसँग पनि भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम छ। त्यसपछि थापा गल्छीबाटै काठमाडौं फर्कने थापाको सचिवालयले जानकारी दिएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1d ago
गगन थापा भोटेकोसी र त्रिशूली करिडोरमा बाढी प्रभावितसँग अन्तरक्रिया गर्दै

गगन थापा भोटेकोसी र त्रिशूली करिडोरमा बाढी प्रभावितसँग अन्तरक्रिया गर्दै

६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा भोटेकोसी बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन तथा प्रभावितहरूसँग छलफल गर्दैछन् । थापाले टोखा-छहरे हुँदै वेत्रावती पुगेर रसुवा र नुवाकोट दुवैतर्फका बाढी प्रभावितसँग अन्तर्क्रिया गर्ने कार्यक्रम छ । …

#बाढी #प्रभावित #नुवाकोट
Compare →
Nagarik News
54m ago
बाढी प्रभावितको अवस्था बुझ्न विज्ञ टोलीसहित भोटेकोशी क्षेत्रमा जाँदै गगन

बाढी प्रभावितको अवस्था बुझ्न विज्ञ टोलीसहित भोटेकोशी क्षेत्रमा जाँदै गगन

नेपाली कांग्रेसका सभापति गगन थापा भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जाने भएका छन्।

#बाढी #प्रभावित #बुझ्न
Compare →
Hamro Patro News
1d ago
टाटा समूह र सिप्रदियन सहायता संस्थाले बाढी प्रभावित परिवारलाई दियो स्टिल दराज

टाटा समूह र सिप्रदियन सहायता संस्थाले बाढी प्रभावित परिवारलाई दियो स्टिल दराज

टाटा समूह र सिप्रदियन सहायता संस्थाले बाढी प्रभावित परिवारलाई दियो स्टिल दराज केहि सेकेन्ड अघि काठमाडौं : टाटा समूह र सिप्रदियन सहायता संस्थाले हिमताल विस्फोटबाट आएको बाढीका कारण घर तथा घरायसी सा...

#बाढी #प्रभावित
Compare →
Bizshala
2d ago
नुवाकोटका बाढीपीडितलाई टाटा र सिप्रदियनको दुई हजार दराज सहयोग

नुवाकोटका बाढीपीडितलाई टाटा र सिप्रदियनको दुई हजार दराज सहयोग

काठमाण्डौ । टाटा समूह र सिप्रदियन सहायता संस्थाले नुवाकोटका बाढीप्रभावित परिवारलाई स्टिलका दुई हजार दराज हस्तान्तरण...

#नुवाकोट #बाढी
Compare →

Related Stories

Politics & Governance
Build #2612