Trending
Prev Story
Next Story

गगन थापा भोटेकोसी र त्रिशूली करिडोरमा बाढी प्रभावितसँग अन्तरक्रिया गर्दै

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा भोटेकोसी बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन तथा प्रभावितहरूसँग छलफल गर्दैछन् । थापाले टोखा-छहरे हुँदै वेत्रावती पुगेर रसुवा र नुवाकोट दुवैतर्फका बाढी प्रभावितसँग अन्तर्क्रिया गर्ने कार्यक्रम छ । …

गगन थापा भोटेकोसी र त्रिशूली करिडोरमा बाढी प्रभावितसँग अन्तरक्रिया गर्दै

६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा भोटेकोसी बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन तथा प्रभावितहरूसँग छलफल गर्दैछन् ।

थापाले टोखा-छहरे हुँदै वेत्रावती पुगेर रसुवा र नुवाकोट दुवैतर्फका बाढी प्रभावितसँग अन्तर्क्रिया गर्ने कार्यक्रम छ । त्यसपछि रसुवाको बोगटीटारस्थित होल्डिङ सेन्टरमा पुगेर प्रभावितहरूसँग छलफल गर्ने उनको सचिवालयले जनाएको छ ।

त्यसपछि नुवाकोट फर्केर ढुङ्गे र त्रिशूली बजारका बाढी प्रभावितसँग छलफल तथा अन्तर्क्रिया गर्ने कार्यक्रम छ । उनले विदुरमा बाढी प्रभावित सरोकार समितिका प्रतिनिधिसँग पनि भेटघाट र छलफल गर्नेछन् ।

सभापति थापाले नुवाकोटको विदुर नगरपालिका–५ पिपलटारमा रसुवा र नुवाकोटका बाढी प्रभावितलाई राखिएका पाँचवटा होल्डिङ सेन्टरको समेत अवलोकन गर्नेछन् । त्यहाँ प्रभावितहरूको अवस्था, समस्या र आवश्यकताबारे छलफल गर्ने कार्यक्रम छ ।

त्यसपछि देवीघाट हुँदै धादिङको गल्छी र गजुरी पुगेर बाढी प्रभावितसँग छलफल तथा अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ । गल्छीबाट उनी काठमाडौं फर्कनेछन् ।

भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न तथा पीडितका समस्या र आवश्यकताबारे जानकारी लिन थापा स्थलगत भ्रमणमा जान लागेका हुन् ।

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
28m ago
कांग्रेस सभापति थापा भोटेकोसी बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न स्थलगत भ्रमणमा

कांग्रेस सभापति थापा भोटेकोसी बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न स्थलगत भ्रमणमा

सभापति थापाले रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित बस्ती तथा होल्डिङ सेन्टर पुगेर प्रभावितहरूसँग भेटघाट, छलफल र अन्तरक्रिया गर्ने कार्यक्रम छ।

#बाढी #प्रभावित #नुवाकोट
Compare →
Nagarik News
55m ago
बाढी प्रभावितको अवस्था बुझ्न विज्ञ टोलीसहित भोटेकोशी क्षेत्रमा जाँदै गगन

बाढी प्रभावितको अवस्था बुझ्न विज्ञ टोलीसहित भोटेकोशी क्षेत्रमा जाँदै गगन

नेपाली कांग्रेसका सभापति गगन थापा भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जाने भएका छन्।

#गगन-थापा #बाढी #प्रभावित
Compare →
Hamro Patro News
1d ago
टाटा समूह र सिप्रदियन सहायता संस्थाले बाढी प्रभावित परिवारलाई दियो स्टिल दराज

टाटा समूह र सिप्रदियन सहायता संस्थाले बाढी प्रभावित परिवारलाई दियो स्टिल दराज

टाटा समूह र सिप्रदियन सहायता संस्थाले बाढी प्रभावित परिवारलाई दियो स्टिल दराज केहि सेकेन्ड अघि काठमाडौं : टाटा समूह र सिप्रदियन सहायता संस्थाले हिमताल विस्फोटबाट आएको बाढीका कारण घर तथा घरायसी सा...

#बाढी #प्रभावित
Compare →
Bizshala
2d ago
नुवाकोटका बाढीपीडितलाई टाटा र सिप्रदियनको दुई हजार दराज सहयोग

नुवाकोटका बाढीपीडितलाई टाटा र सिप्रदियनको दुई हजार दराज सहयोग

काठमाण्डौ । टाटा समूह र सिप्रदियन सहायता संस्थाले नुवाकोटका बाढीप्रभावित परिवारलाई स्टिलका दुई हजार दराज हस्तान्तरण...

#नुवाकोट #बाढी
Compare →

Related Stories

Science & Climate
Build #2612