Trending
Prev Story
Next Story

देउवासँगको तस्बिर सेयर गर्दै सूर्यले भने : रुख चिह्न नै मुख्य हो भन्नेमा उहाँ दृढ हुनुहुन्छ

Nagarik News •
November 22, 2026 • 03:23 AM
2
2 reads 0 reactions

नेकपा एमालेका नेता सूर्य थापाले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग महत्वपूर्ण भेटवार्ता र भलाकुसारी भएको बताउँदै तस्बिर सेयर गरेका छन्।

देउवासँगको तस्बिर सेयर गर्दै सूर्यले भने : रुख चिह्न नै मुख्य हो भन्नेमा उहाँ दृढ हुनुहुन्छ

नेकपा एमालेका नेता सूर्य थापाले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग महत्वपूर्ण भेटवार्ता र भलाकुसारी भएको बताउँदै तस्बिर सेयर गरेका छन्।

देउवासँगको भेटपछि सामाजिक सञ्जालमार्फत थापाले २०८२ भदौ २३ र २४ गतेको घटनाअघि, पछिको अवस्था र हालसम्मको राजनीतिक परिस्थितिबारे देउवा स्पष्ट रहेको उल्लेख गरेका छन्।

'देउवासँग सात क्लिक! नेपाली कांग्रेस १.० का सभापति तथा पाँच पटक देशको प्रधानमन्त्री रहिसक्नुभएका आदरणीय शेरबहादुर देउवासँग महत्वपूर्ण भेट र भलाकुसारी भएको छ,' उनले भने, '२०८२ भदौ २३ र २४ अघि, पछि र हालसम्मको विश्लेषण, समीक्षा र मूल्यांकन गर्दा उहाँ बुझ्नुपर्ने विषय र तथ्यमा एकदम स्पष्ट हुनुहुन्छ।'

उनले देउवालाई राजनीतिका उकाली–ओराली, भञ्ज्याङ र देउराली सबै देखेभोगेका अनुभवी नेताका रूपमा चित्रण गरेका छन्।

'सबैका नियत र नियति देख्नु/भोग्नुभएको छ। राजादेखि रङ्कसम्मका यावत् मान, सम्मान, अपमान र भुक्तमान खेपेर पनि निराश हुनुहुन्न। ८० वर्षको उमेरमा पनि जोसिलो हुनुहुन्छ,' थापाले लेखेका छन्।

थापाले देउवा फरक पार्टी र सम्बन्धका व्यक्तिसँग पनि खुलेर मनका कुरा राख्न सक्ने अवस्थामा रहेको बताए। उनले देउवाको अहिलेको मुख्य जोड कांग्रेस १.० को १५औँ महाधिवेशन सम्पन्न गर्ने र पार्टीको आधिकारिकता प्राप्त गर्ने विषयमा रहेको बताएका छन्।

'रूख चिह्न पाउनु नै मुख्य हो भन्नेमा उहाँ स्पष्ट र दृढ हुनुहुन्छ,' थापाले लेखेका छन्।

प्रकाशित: ६ मंसिर २०८३ ०९:०८ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
'कांग्रेस देउवाको हातमा जानुपर्छ' भन्ने रास्वपा सांसदको संवाद विवादमा, श्रीराम न्यौपानेले के भने ?

'कांग्रेस देउवाको हातमा जानुपर्छ' भन्ने रास्वपा सांसदको संवाद विवादमा, श्रीराम न्यौपानेले के भने ?

नेपाली कांग्रेस शेरबहादुर देउवाकै नेतृत्वमा जानुपर्ने आशय व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले चीन भ्रमणका क्रममा गरेको अनौपचारिक कुराकानीको भिडियो सार्वजनिक भएपछि विवाद ...

#शेरबहादुर-देउवा #कांग्रेस #भन्ने
Compare →
Onlinekhabar
1d ago
देउवाको दाबी- शेरबहादुरको घरमा आक्रमण गर्नुपर्छ भन्नेलाई चुनावमा टिकट दिइयो

देउवाको दाबी- शेरबहादुरको घरमा आक्रमण गर्नुपर्छ भन्नेलाई चुनावमा टिकट दिइयो

५ मंसिर, पोखरा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले प्रतिनिधिसभामा आफ्नो घरमा आक्रमण गर्नुपर्छ भन्नेहरूलाई टिकट दिइएको दाबी गरेका छन् । शनिबार कांग्रेस(देउवा पक्ष)को गण्डकी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले कांग्रेस र सभापति गगन थापालाई लक्षित …

#शेरबहादुर-देउवा #कांग्रेस #भन्ने
Compare →
Ekantipur
1d ago
सरकारले राजनीतिक दललाई चिन्दिनँ भनेर अरू बेला चल्ला तर निर्वाचनमा चल्दैन : सभापति थापा

सरकारले राजनीतिक दललाई चिन्दिनँ भनेर अरू बेला चल्ला तर निर्वाचनमा चल्दैन : सभापति थापा

कांग्रेस सभापति गगनकुमार थापाले निर्वाचनको वातावरण निर्माण गर्न आयोग आफैंले सबै जिम्मेवारी उठाउनेभन्दा पहलकदमीका लागि समयमै सरकारको ध्यानाकर्षण गराउनुपर्ने पार्टीको धारणा रहेको बताए ।

#थापा #कांग्रेस
Compare →
Arthasansar
20h ago
नेपाली कांग्रेस सोलुखुम्बुको जिल्ला अधिवेशन सम्पन्न, जिल्ला सभापतिमा सूर्य बहादुर राई निर्वाचित

नेपाली कांग्रेस सोलुखुम्बुको जिल्ला अधिवेशन सम्पन्न, जिल्ला सभापतिमा सूर्य बहादुर राई निर्वाचित

नेपाली कांग्रेस सोलुखुम्बुको नियमित १५ औं जिल्ला अधिवेशन मिति २०८३ मंसिर ४ गते नेपाली कांग्रेसका पुराना नेता प्रेमध्वज बस्नेतको संयोजकत्वमा...

#कांग्रेस #सूर्य
Compare →

Related Stories

Politics & Governance
Build #2612