Trending
Prev Story
Next Story

नेपाली कांग्रेस सोलुखुम्बुको जिल्ला अधिवेशन सम्पन्न, जिल्ला सभापतिमा सूर्य बहादुर राई निर्वाचित

Arthasansar •
November 21, 2026 • 07:05 AM
4
4 reads 0 reactions

नेपाली कांग्रेस सोलुखुम्बुको नियमित १५ औं जिल्ला अधिवेशन मिति २०८३ मंसिर ४ गते नेपाली कांग्रेसका पुराना नेता प्रेमध्वज बस्नेतको संयोजकत्वमा...

नेपाली कांग्रेस सोलुखुम्बुको जिल्ला अधिवेशन सम्पन्न, जिल्ला सभापतिमा सूर्य बहादुर राई निर्वाचित

नेपाली कांग्रेस सोलुखुम्बुको नियमित १५ औं जिल्ला अधिवेशन मिति २०८३ मंसिर ४ गते नेपाली कांग्रेसका पुराना नेता प्रेमध्वज बस्नेतको संयोजकत्वमा सम्पन्न भएको छ। अधिवेशनबाट जिल्ला, प्रदेश निर्वाचन क्षेत्र, स्थानीय तह तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको नेतृत्व चयन गरिएको छ।

प्रतिनिधिहरू मध्येबाट सूर्य बहादुर राई जिल्ला सभापतिमा निर्वाचित भएका छन्।  उत्साहजनक सहभागिताबीच सम्पन्न कार्यक्रममा उनले जिल्ला पार्टीको नेतृत्व गर्ने जिम्मेवारी पाएका हुन्। उनी अहिले महाकुलुङ्ग गाउपालिकाको अध्यक्ष समेत हुन । केन्द्रीय महाधिवेशनका लागि गोकर्ण राई, पदमबहादुर राई, श्रीलाल थापा मगर, मोतीप्रसाद राना मगर, दुर्गाप्रसाद दर्जी,     तेजप्रसाद आचार्य तथा युवामा ने बि संघ पुर्व केन्द्रिय सदस्य  पारस बस्नेत लगायत ३५ जना  महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। यी प्रतिनिधिहरूले मङ्सिर २०-२३ गते काठमाडौंमा हुन गइरहेको  केन्द्रीय महाधिवेशनमा सोलुखुम्बुको प्रतिनिधित्व गर्नेछन्।

यसैगरी प्रदेश 'क' को सभापतिमा वेदनाथ बास्तोला र प्रदेश 'ख' को सभापतिमा ए. डी. शेर्पा निर्वाचित भएका छन्। दुवै प्रदेश समितिले पार्टीको संगठनलाई तल्लो तहसम्म सुदृढ बनाउने जिम्मेवारी पाएका छन्। महाधिवेशनबाट एक नगरपालिका तथा सातैवटा गाउँपालिकाका सभापतिहरू पनि निर्वाचित भएका छन्। यसले जिल्लाका सबै स्थानीय तहमा पार्टीको संगठनात्मक संरचना पूर्ण भएको जनाएको छ। यस १५औ नियमित महाधिवेशन अन्तर्गतको जिल्ला अधिबेशनले सोलुखुम्बु कांग्रेसको संगठन विस्तार, कार्यकर्ताबीच एकता र स्थानीय विकासका सवालमा पार्टीको भूमिकालाई प्रभावकारी बनाउने अपेक्षा गरिएको सभापति सुर्य राई बताउँछन।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
देउवा समूहको कांग्रेस रुपन्देही जिल्ला अधिवेशन मङ्सिर ६ गते

देउवा समूहको कांग्रेस रुपन्देही जिल्ला अधिवेशन मङ्सिर ६ गते

बुटवल । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले रुपन्देही जिल्ला अधिवेशन मङ्सिर ६ गते गर्ने भएको छ । शुक्रबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा अधिवेशन व्यवस्थापन समितिका संयोजक अधिवक्ता कृष्णप्रस...

#कांग्रेस #अधिवेशन
Compare →
Ekantipur
2d ago
कांग्रेस देउवा समूहको नवलपरासी पश्चिम जिल्ला सभापतिमा गोपी पुन चयन

कांग्रेस देउवा समूहको नवलपरासी पश्चिम जिल्ला सभापतिमा गोपी पुन चयन

मंगलबार सम्पन्न जिल्ला अधिवेशनबाट पुन निर्विरोध निर्वाचित भएका हुन् । अधिवेशनले जिल्लाका दुवै संघीय निर्वाचन क्षेत्र र स्थानीय तहको नेतृत्व निर्विरोध चयन गरेको छ ।

#अधिवेशन #कांग्रेस #सभापतिमा
Compare →
Nagarik News
4h ago
प्रधानमन्त्रीको भारत भ्रमणअघि प्रतिपक्षसँग परामर्श नगरेको कांग्रेसको गुनासो

प्रधानमन्त्रीको भारत भ्रमणअघि प्रतिपक्षसँग परामर्श नगरेको कांग्रेसको गुनासो

नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण सफल र उपलब्धिमूलक होस् भन्दै शुभकामना व्यक्त गरेको छ।

#कांग्रेस
Compare →
Onlinekhabar
23h ago
प्रधानमन्त्रीको भारत भ्रमणअघि परामर्श नगरेको भन्दै कांग्रेसको असन्तुष्टि

प्रधानमन्त्रीको भारत भ्रमणअघि परामर्श नगरेको भन्दै कांग्रेसको असन्तुष्टि

५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणअघि प्रमुख प्रतिपक्षीलगायत राजनीतिक दल र विषयविज्ञसँग परामर्श नगरेको भन्दै सरकारप्रति असन्तुष्टि जनाएको छ । कांग्रेसले राष्ट्रिय महत्त्वका विषयमा विदेश भ्रमण गर्नुअघि साझा धारणा निर्माण गर्ने लोकतान्त्रिक …

#कांग्रेस
Compare →
Bizshala
2d ago
एसियन क्लियरिङ युनियनको बैठक सम्पन्न, नेपाल राष्ट्र बैंकलाई अध्यक्षता हस्तान्तरण

एसियन क्लियरिङ युनियनको बैठक सम्पन्न, नेपाल राष्ट्र बैंकलाई अध्यक्षता हस्तान्तरण

काठमाडौं । नेपाल राष्ट्र बैंकको आयोजनामा एसियन क्लियरिङ युनियन (एसीयू)को सञ्चालक समितिको ५४औँ बैठक काठमाडौंमा सम्पन्न...

#सम्पन्न
Compare →

Related Stories

National (Nepal)
Build #2612